ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता अभियान सञ्चालन


admin
४ चैत्र २०७६, मंगलबार   १ : २१   बजे

काठमाडौं, ४ चैत । कञ्चनपुरमा राष्ट्रिय परिचयपत्र कार्यक्रमअन्तर्गत भीमदत्त नगरपालिकाका १९ वटै वडामा विवरण दर्ता कार्य शुरु भएको छ । विवरण दर्ताका लागि ९१ विवरण दर्ता अपरेटर छनोट गरी परिचालन गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी गोर्कणप्रसाद उपाध्यायका अनुसार १९ वटा घुम्ती केन्द्रमार्फत विवरण दर्ताको कार्य सञ्चालन गरिएको छ । जिल्लामा परिचयपत्रका लागि एक लाख ९८ हजार नागरिकको विवरण दर्ता गर्ने लक्ष्य लिइएको छ । “हालसम्म जिल्लामा १० हजार २६५ जनाको राष्ट्रिय परिचयपत्रको विवरण दर्ता भई एक हजार ६०० बायोमेट्रिक स्मार्टकार्ड कार्यालयमा प्राप्त भएको छ” सहायक प्रजिअ उपाध्यायले भन्नुभयो ।

भीमदत्त नगरपालिका–१८ बाट विवरण दर्ता अभियानको शुभारम्भ गरिएको छ । जेष्ठ नागरिक ८४ वर्षीय खिमानन्द कँडेल, ७२ वर्षीय नन्दादेवी पाण्डेय र निजामती कर्मचारी मानबहादुर बोहरालाई परिचयपत्र हस्तान्तरण गरी शुभारम्भ गरिएको हो । प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडा, भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्ट, राष्ट्रिय परिचयपत्र विभागका महानिर्देशक जीतेन्द्र बस्नेत र निर्देशकद्वय शिवराज जोशी र सुवास ढकालले संयुक्त रुपमा परिचयपत्र हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group