ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्वारेन्टाइन अवधि पुरा गरि घरजान बसचढेकालाई बसबाट झारिएपछि बस तोडफोड ।


sharan sharan
४ बैशाख २०७७, बिहिबार   १० : १९   बजे

बुटवल, ४ बैशाख । बिगत १५ दिनदेखि नेपाल भारत सिमाको दशगजा नजिकैको क्वारेन्टेनमा राखिएकाहरुमा शिघ्र परिक्षण विधि आरटी र्यापिड डाइग्नोस्टिकबाट कोरोना नेगेटिभ देखिएपछि पनि केन्द्र सरकारले घर जान प्रतिबन्ध लगाए पछि उनीहरुतोडफोडमा उत्रिएकाछन् । क्वारेन्टेनको ब्यवस्थापन हेरिरहेको नेपालगन्ज उपमहानगर पालिकाले उनीहरुलाई सम्वन्धित जिल्लामा पठाउने तयारी गरिरहँदा गृह मन्त्रालयले तत्काल घर फिर्ता नगर्न भनेपछि गाडीमा चढेकालाई पनि ओरालिएको थियो । बस चढिसकेकालाई समेत उतारिएपछि उनीहरुले कम्तीमा ३ वटा बसमा तोडफोड गरि सिसा फुटाईदिएकाछन् । ।
घर जान नपाएको आक्रोशमा उनीहरुले गाडी तोडफोड गरेका हुन् । बाँके प्रहरीका अनुसार तीन वटा गाडीमा तोडफोड भएको छ । प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले गृह मन्त्रालयबाट तत्काल पठाउन नमिल्ने जवाफ आएपछि उनीहरुलाई घर पठाउने निर्णय स्थगित गरिएको थियो ।
बांकेका प्रमुख जिल्ला अधिकारी कै सक्रियतामा बस ब्यवस्था गरिएको तर सिडिओ आफैले पठाउन नसकिने भनेपछि उनीहरु आक्रोशमा आएको नेपालगन्ज उप महानगर पालिकाकी उप प्रमुख उमा थापाले बताउनु भयो । सिडीओले गृहसंग समन्वय नगरेका कारण समस्या आएको थापाले बताउनु भयो ।
१५ दिन क्वारेन्टाइनमा बसेका उनीहरुलाई घर फिर्ता गर्न प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाको पहलमा उपमहानगरपालिकाले ६ वटा गाडीको व्यवस्था गरेको थियो । भारतका विभिन्न सहरबाट आएका २६ जिल्लाका १ सय ८१ जना दशगजा क्वारेन्टाइमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीबारे प्रतिनिधिसभामा आज विशेष प्रस्ताव

रसुवा बाढीका पहिचान नखुलेका ८५ शव गोकर्णेश्वरको जंगलमा पुरियो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu