ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रौतहटका ग्राम्रीण क्षेत्रमा प्राविधिक शिक्षा अध्ययन सुरु


admin
१२ मंसिर २०७४, मंगलबार   १२ : १७   बजे

काठमाण्डौं, १२ मंसिर । जबसम्म घरपरिवार शिक्षित हुदैन तब समाज समाजको विकास हुदैन । शिक्षा नजै जीवन परिवर्तनको महत्वपूर्ण पक्ष सर्वव्यापी रुपमा स्विकार गरिएको विषय हो । समाज रुपान्तरण गर्न र सिंगो मुलुकमा दक्ष जनशक्ति उत्पादन गर्न समय सान्दर्भिक प्रविधिक शिक्षाको निकै खाँचो निकै छ । जुन मुलुकका नागरिकले प्राविधि र सिपमुलुक शिक्षा आर्जन गर्न सक्छन त्यो मुलुकको आर्थिक विकास र समृद्धिमा निकै टेवा पुगेको वास्तविकता हो । यही विश्वव्यापी मान्यतालाई आत्मसाथ गर्दौ रौतहटका ग्रामीण क्ष्ँेत्रमा आधुनिक र प्राविधिक शिक्षामा विकासले फड्को मार्न थालेको छ । रौतहटस्थित श्री जयकिसान माध्यमिक विद्यालय, धरहरी विक्रम संवत् २००६ सालमा स्थापना भएको थियो । नेपालकै शैक्षिक इतिहासमा यति धेरै पुरानो विद्यालय औंलामा गन्ने होलान । कैयौं वर्षसम्म भौतिक र शैक्षिक रुपमा कमजोर रहेको यो विद्यालय अहिले पुरै परिवर्तन भएको छ । रौतहट क्षेत्र नं.३ का विद्यार्थीहरुले यहाँ अहिले स्नातकसम्मको अध्ययन गर्ने अवसर आएका छन् ।

यसै ठाउँमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीईभीटी अन्तर्गत जय किसान पोलिटेक्निक इन्टिच्युट २०६९ सालमा स्थापना भएको छ । प्राविधिक जनशक्ति तयार पार्ने उद्देश्यले खोलिएको यस इन्टच्युटमा ४० जना विद्यार्थीले सिभिल इन्जिनियरिङ अध्ययन गर्दैगरेको प्रशासन प्रमुख मुकेश साहले बताए ।

यहाँ, अन्य प्राविधिक विद्यालयमा भन्दा सस्तोमा पढाई हुन्छ । तीवर्षको कोर्ष पुरा गर्न मात्र १ लाख लाग्ने लाग्छ । आफ्नै गाउँमा सुविधा सम्पन्न प्राविधिक विद्यालय पाएपछि यहाँबाट बाहिरी जिल्लामा अध्ययन गर्न जाने समस्या समाधान भएको स्थानीय नरेन्द्र कुमार साहले बताएका छन् ।

यसै क्षेत्रमा रहेको लक्ष्मीनिया प्राथमिक विद्यालय आधुनिक शैलीमा निर्माण हुने क्रममा छ । बालबालिकाको मनोविज्ञानलाई ध्यान दिएर प्रविधिक शिक्षाको साथै अंग्रेजी शिक्षा माध्यमबाट पढाइ सञ्चालन गर्ने लक्ष्य स्वरुप यो प्राथमिक विद्यालय निर्माण हुन लागेको हो । पहिला यो विद्यालयमा आम विद्यार्थी अध्ययन गर्न भौतिक संरचनाको अभाव भोग्न बाध्य थिए । तर, अहिले धेरै परिवर्तन भैसकेको स्थानीय सञ्जयप्रसाद यादवको भनाइ छ । पथरा बुधराममा उच्च माध्यामिक विद्यालय अगें्रजी माध्यमबाट अध्ययन गर्ने लक्ष्य राखिएको छ । जहाँ सुविधा सम्पन्न भौतिक संरचना निर्माण भैरहेको छ । यो विद्यायको भवन निर्माण सम्पन्न भएसँगै यस क्षेत्रका बालबालिकाले आधुनिक र प्रविधियुक्त गुणस्तरीय शिक्षा लिन पाउने भएका छन ।

आफ्नै गाउँमा अंग्रेजी माध्यमको विद्यालय खुल्दा को चाहीँ खुशी नहोला र । रौतहटबासी जनता भन्छन्, ‘नेकपा माओवादी केन्द्रका नेता प्रभु साहले आफनो क्षेत्र र समंग्र मधेशकै विकासमा ध्यान दिएकाले यो परिवर्तन सम्भव भएको हो ।’ रौतहट निर्वाचन क्ष्ँेत्र नम्बर ३ का प्रतिनिधि सभा माओवादीका उम्मेदवार प्रभु साहले मधेशको आर्थिक विकास, पुर्वाधार निर्माणर प्रविधिक शिक्षाको स्तर उन्नतीको लागि आफ्नो उम्मेदवारी दिएको बताएका छन् । आफ्नो जितले मात्र यस क्षेत्रको विकासमा टेवा पुग्ने मन्त्री समेत रहेका साहको भनाइ छ ।

यतिमात्र होइन रौतहटमा सांक्षरतादर कम हुदै गएको समयमा किशोरीहरुलाई विद्यालयमा आर्कषित गर्न माध्यामिक तहका छात्रालाई निःशूल्क साइकल वितरण अभियानै सुरु गरेर शिक्षामा सचेतना फैलाइएको छ । नगरलाई आधुनिकीकरण गर्न पुरानो परम्पराको संरक्षण गर्दै ग्यास चुलो र सिलिन्डर वितरण समेत भएको छ । यी त प्रतिनिधिमुलक विद्यालय मात्र हुन । सबै क्षेत्रमा प्राविधिक मैत्री विद्यालय भवनहरु निर्माण सुरु भएका छन् । शिक्षा भएमा मात्र जीवन सहज हुने मान्यतालाई आत्मसाथ गरि स्थानीय तहमै बैक स्थापना गरी पुजी व्यवस्थापन गर्न जोड दिइएको छ । यतिबेला रौतहट क्षेत्र नम्बर ३ एक व्यक्ति एक नयाँ सिपको अवधारणा साकार पार्ने अभियानमा जुटेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu