ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक वृद्धिदर साढे दुई प्रतिशत पनि नपुग्ने, नेपालको प्रतिव्यक्ति आय बढ्यो


एबीसी न्यूज
१७ बैशाख २०७७, बुधबार   ५ : ४६   बजे


काठमाडौं, १७ बैशाख । चालु आर्थिक वर्ष अर्थात २०७६र७७ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव २७ प्रतिशतमा सीमित हुने भएको छ ।

केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययनले यो वर्ष कोरोना भाइरसको कारण धेरैजसो क्षेत्रको वृद्धिदर खुम्चिएकाले जम्मा २ दशमलव २७ प्रतिशतको वृद्धिदर मात्रै हुने अनुमान गरेको छ । गएको आर्थिक वर्षमा ६ दशमलव ७५ प्रतिशत आर्थिक वृद्धिदर रहेको अनुमान विभागको छ ।

तथ्यांक विभागकाअनुसार कुल गार्हस्थ उत्पादनमा समग्र औद्योगिक क्षेत्र अर्थात प्राथमिक क्षेत्रको योगदान थोरै मात्र बढ्ने देखिएको छ । कृषि मत्स्य, वनउत्खननलगायत समावेश हुने प्राथमिक क्षेत्रको योगदान २८ दशमलव २ प्रतिशत मात्रै रहने अनुमान छ ।

यो वर्ष धान उत्पादनमा आएको कमी र कोरोना भाइरसको कारण प्राथमिक क्षेत्रको वृद्धिदर अघिल्लो आर्थिक वर्षमाभन्दा कमी देखिएको विभागले जनाएको छ ।

द्वितीय क्षेत्रमा पर्ने निर्माण, उद्योग, ग्यास, पानीलगायतको योगदान अघिल्लो वर्षभन्दा कम हुनेछ । यो वर्ष कुल गार्हस्थ उत्पादन ९जीडीपी०मा द्वितीय क्षेत्रको योगदान १३ दशमलव ७२ प्रतिशत रहने अनुमान छ । अघिल्लो वर्ष यो क्षेत्रको योगदान १४ प्रतिशतभन्दा धेरै थियो ।

यस्तै सेवा क्षेत्रको योगदान ५७ दशमलव ८ प्रतिशत रहने अनुमान छ । यो वर्ष होटल तथा रेष्टुरेन्ट क्षेत्रको योगदान जम्मा १ दशमलव ४१ प्रतिशतमा झर्ने देखिएको छ । जबकि अघिल्लो वर्ष होटल तथा रेष्टुरेन्ट क्षेत्रको योगदान १७ प्रतिशतभन्दा धेरै थियो ।

प्रतिव्यक्ति आय बढ्यो

नेपालको प्रतिव्यक्ति आय यो आर्थिक वर्षमा १ लाख २६ हजार १८ रुपैयाँ पुग्ने अनुमान छ । तथ्यांक विभागका अनुसार यो वर्ष नेपालीको आय बढेर १ हजार ८५ अमेरिकी डलर अर्थात १ लाख २६ हजार ८० रुपैयाँ पुग्ने अनुमान छ । अघिल्लो आर्थिक वर्षमा नेपालीको आय १ लाख १७ हजार ३ सय ३३ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu