ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा कोरोना ३५ जना निको, समाज अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीका परिवार र आफन्तको कोरोना परीक्षण हुने


एबीसी न्यूज
३१ बैशाख २०७७, बुधबार   ८ : ०२   बजे


काठमाडौं, ३१ बैशाख । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ३५ पुगेको छ । बुधबार रुपन्देहीका एक युवक र चितवनमा ६३ वर्षीया एक महिला निको भएर डिस्चार्ज भएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय १९ रहेको छ । देशभरि दुई सय ४५ जना आइसोलेशनमा रहेका छन् भने तीन सय ५४ जना रेड जोनमा छन् । १४ हजार तीन सय १३ जना क्वरेण्टीनमा रहेका छन् । सरकारले परीक्षणको दायरा पनि बढाएको जनाएको छ ।

अहिलेसम्म २१ हजार तीन सय ४० जनामा पीसीआर विधिमार्फत परीक्षण गरिएको र ६० हजारभन्दा धेरैको आरडीटीमार्फत परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ५७ को पीसीआर र ६ सय ९२ जनाको आरडीटीमार्फत परीक्षण गरिएको हो । सरकारले कोरोना रोग रोकथाम, नियन्त्रण र उपचारको अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षामा ध्यान दिन अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आफू सुरक्षित रहेमात्रै बिरामीलाई सेवा दिन सकिने भएकाले उच्च सुरक्षा उपनाउन आग्रह गर्नुभयो ।

व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र कोरोना परीक्षणको किट सरकारसँग पर्याप्त रहेकाले यसको उपयोग गरेर सुरक्षित रहन उहाँले स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो ।

सरकारले कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीका परिवार र आफन्तको कन्ट्याक्ट ट्रेसिङ गरेर कोरोना जाँच गर्ने पनि डाक्टर देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group