ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरुवा रोग परिक्षण अस्पताल केन्द्र र ७ वटै प्रदेशमा स्थापना गर्ने


ABC NEWS
२ जेष्ठ २०७७, शुक्रबार   ५ : ५३   बजे

काठमाडौं २ जेठ — विश्वभर कोभिड–१९ ले महामारीको रुप लिएका बेला नेपाल सरकारले प्रयोगशाला परीक्षणसहितको केन्द्रीय र प्रदेशस्तरीय सरुवा रोग अस्पताल स्थापना गर्ने कार्यक्रम घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोगशाला परीक्षण सेवासहितको ३ सय शैय्याको केन्द्रीय र ५० शैयाको प्रदेश स्तरीय सरुवा रोग अस्पताल स्थापना गर्ने उल्लेख गर्नुभएको हो ।
प्रदेशस्तरमा रहेका जिल्ला अस्पतालहरुलाई २५ देखि ५० शय्याको अस्पताल र अञ्‍चल अस्पतालाई २ सय शय्याको जनरल अस्पतालमा स्तरोन्नती गर्ने सरकारले नीति तथा कार्यक्रममा समेटिएको छ ।

सरकारले पोखरा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोसी, नारयणी, भरतपुर, भेरी र डडेल्धुरा अस्पतालहरुबाट उपलब्ध सेवाहरुलाई थप विस्तार गरेर केन्द्रीय अस्पतालालई ५ सय शय्याको अस्पतालमा विस्तार गर्न‍े योजना अघि सारेको छ ।

यस्तै केन्द्रीय अस्पतालहरुमा गरिब तथा विपन्नहरुलाई प्रारम्भिक तहको सेवा निःशुल्क उपलब्ध गराइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । कार्यक्रममा एकीकृत एम्बुलेन्स सेवाको विस्तार र प्रमुख राजमार्गहरुमा ट्रमा सेन्टरको विस्तार गर्ने उल्ल्ेख गरिएको छ ।
आगामी तीन वर्षमा सबै नागरिकको स्वास्थय विमा गर्ने समेत सरकारले स्वास्थ्य नीति अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group