ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापाको स्यालमारामा एसएसबीद्वारा नेपाली भूमि अतिक्रमण


एबीसी न्यूज
४ जेष्ठ २०७७, आइतबार   १२ : ३३   बजे


काठमाडौं, ४ जेठ ।  झापा गाउँपालिका वडा नं १ मा रहेको स्यालमारामा भारतले २० बिघा नेपाली भूमि अतिक्रमण गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजाभन्दा ५० मिटरभित्रसम्म घुसेर नेपाली भूमि कब्जा गरेको हो ।

गाउँपालिकाका अध्यक्ष जयनारायण साहले विगत सात वर्षदेखि भारतीय एसएसबीले सो जग्गामा नेपालीलाई भोगचलन गर्न नदिएको बताउनुभयो । त्यसअघि नेपालीहरुले सो जग्गामा खेती गर्दै आएका थिए । भारतको विहार प्रान्तसँग सीमा जोडिएको सो स्थानमा रहेको १११ नं सीमास्तम्भ माओवादी द्वन्द्वका बेला हराएको थियो । सीमास्तम्भ हराएपछि भारतीय एसएसबीले नेपालीलाई सीमास्तम्भ उखेलेर लगेको बताउँदै २० बिघा जग्गा कब्जा गरेको गाउँपालिकाका अध्यक्ष साहले बताउनुभयो ।

‘नेपालको भूमि हो भनेर जानीजानी भारतीय एसएसबीले स्यालमाराको २० बिघा नेपाली भूमि कब्जा गरेको छ”, गाउँपालिकाका अध्यक्ष साहले रासससँग भन्नुभयो, “आफ्नो जग्गा खनजोत गर्न जाँदा हतियार देखाएर अवरोध पु¥याइने गरेको छ ।” उहाँका अनुसार अतिक्रमित भूमि स्थानीय १२ जना नेपालीको नम्बरी जग्गा हो । जग्गाको धनीपूर्जा नेपालीहरुसँगै छ भने सोको मालपोत जग्गाधनीहरुले तिरिरहेका छन् । भारतीय सुरक्षाकर्मीले उक्त जग्गामा स्थानीय जग्गाधनीलाई भोगचलन गर्न निषेध गरेको छ ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम, उपचार, समन्वय तथा अनुगमन समिति झापाले भारतसँग जोडिएका सीमावर्ती स्थानका सुरक्षा चौकीहरुको अनुगमन गरी पारित गरेको प्रतिवेदनमा समेत भारतद्वारा गरिएको भूमि अतिक्रमणबारे उल्लेख छ । सङ्घीय सांसद्, प्रदेश सांसद, पालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थितिमा समितिले यही वैशाख १९, २२ र २३ गते भारतसँग सीमा जोडिएको झापाको उत्तरी मेचीनगरको पाटापुरदेखि दक्षिणी गौरीगञ्जसम्मको १४४ दशमलव दुई किलोमिटर लामो सीमाक्षेत्रको स्थलगत अनुगमन गरेको थियो । अनुगमनको प्रतिवेदन शनिबारको बैठकले पारित गरेको छ ।

अनुगमन प्रतिवेदनमा झापा गाउँपालिकाको वडा नं १ स्यालमारा भन्ने सीमा क्षेत्रमा भारतद्वारा नेपाली भूमि अतिक्रमण गरिएको पाइएको हुँदा सो भूमि फिर्ता गराइनुपर्ने उल्लेख गरिएको छ ।

अनुगमन समितिले प्रतिवेदनमा सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीका लागि वर्षायाम शुरु भएको हुँदा तत्काल रेनकोट, गमबुटको व्यवस्था गर्नुपर्ने, अस्थायी चौकीहरुलाई हावापानीबाट सुरक्षित हुने गरी स्थायी संरचनामा बदल्नुपर्ने, चौकीसम्म पुग्ने बाटो निर्माण गरिनुपर्ने, वाटरसिल शौचालय निर्माण गरिनुपर्ने, सशस्त्र प्रहरी गणलाई नयाँ सवारी साधन उपलब्ध गराइनुपर्ने, सशस्त्र प्रहरीको बिओपीमा चारचक्के सवारी साधन उपलब्ध गराइनुपर्नेलगायतको सुझाव दिइएको अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले बताउनुभयो ।

उहाँका अनुसार प्रतिवेदनमा सीमा क्षेत्रमा दीर्घकालीनरूपमा सुरक्षा चौकी राखेर स्थायी संरचना निर्माण गर्न, जनशक्तिको थप व्यवस्थापन गर्न, सीमा क्षेत्र केन्द्रित मोबाइल टावरहरु विस्तार गर्न, एक चौकीबाट अर्को चौकीसम्म निगरानी गर्न सिसी क्यामेरा जडान गर्न र मेचीपारीको नेपाली बस्तीसम्म पुग्न पुलको व्यवस्था गर्न सुझाव दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group