ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठमेलबाट खुशिबु टाउनप्लानिङ निस्कने कालधारा मार्ग सिल


एबीसी न्यूज
१२ जेष्ठ २०७७, सोमबार   ६ : ३५   बजे

 

काठमाडौं, १२ जेठ ।  काठमाडौँ महानगरपालिका वडा नम्वर–१६ को कालधारा ठमेलक्षेत्र सिल गरिएको छ । कालधारा अगाडि बस्ने ६९ वर्षीय पुरुषमा कोरोना भाइरस सङ्क्रमण देखा परेपछि सिल गरिएको हो । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी निरीक्षक राजकुमार भट्टले ठमेलबाट खुशिबु टाउनप्लानिङ निस्कने कालधारा मार्ग सिल गरिएको बताउनुभयो । सङ्क्रमित व्यक्ति दुई महिनाअघि अष्ट्रेलियाबाट आएका थिए ।

उहाँको श्रीमतीमा भने सङ्क्रमण देखिएको छैन । वडा जनप्रतिनिधिको आग्रहपछि स्वास्थ्य परीक्षण गर्न टेकु पुगेका श्रीमान र श्रीमतीमध्ये ती पुरुषमा आइतबार कोरोना भाइरस सङ्क्रमण पोजिटिभ देखिएको हो ।

प्रहरी निरीक्षक भट्टले भन्नुभयो, ुती व्यक्ति चैतको पहिलो हप्ता अष्ट्रेलियाबाट खाडी मुलुक हुँदै नेपाल आएका रहेछन् । तर, कोरोना भाइरसको सङ्क्रमण भने यति बेला देखिएको छ । कोरोना भाइरस सङ्क्रमणको ‘ट्रेसिङ’ गर्ने कार्य भइरहेको छ ।

सङ्क्रमित व्यक्तिले पनि आफू नजिकैको तरकारी पसल र टोलको डेरीबाहेक अन्त कतै नगएको बताउनुभएको जानकारी वडा कार्यालयका प्रतिनिधिले दिएका हुन् । उहाँमा कोरोनाको लक्षणसमेत नभएको बताइएको छ ।

कालधाराको पूर्वोत्तरमा ठमेल र दक्षिणतिर खुशिबु टाउनप्लानिङबाट आउने सडकमार्ग बन्द गरिएको छ । सङ्क्रमित व्यक्ति बस्दैआएको घर र छिमेकीहरूका घर, किराना पसल र सडकमा ओहोरदोहोर गर्न निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu