ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरस :विश्वभर ५४ लाख ९७ हजार संक्रमित, ३ लाख ४६ हजारको मृत्यु ( कहाँ कति प्रभावित सूचिसहित)


एबीसी न्यूज
१२ जेष्ठ २०७७, सोमबार   ७ : २२   बजे

काठमाडौं, १२ जेठ । कोरोना भाइरसको महामारीबाट विश्वभर ५४ लाख ९७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९७ हजार १३ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५४ लाख ९७ हजार ६५० पुगेको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २३ लाख १ हजार ९०७ जना संक्रमण मुक्त भएका छन् । बितेको २४ घण्टामा २ हजार ८२६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार ६७५ पुगेको छ ।

२८ लाख ४८ हजार ६७६ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ५३ हजार २२४ जनाको अवस्था गम्भीर छ ।

सोमबार बिहान ६ बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६९ हजार ८४४ जनाको मृत्यु भएको छ ।

१९ लाख १ हजार ७४९ जना संक्रमित भएकोमा ८ लाख ८२ हजार ६०७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १४ हजार १६९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १८ लाख ७७ हजार ३४९ पुगेको छ । त्यसमध्ये ५ लाख ५९ हजार ९८१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा २७ हजार ४५५ जनाको मृत्यु भएको छ । ९ लाख ६० हजार ४१८ जना संक्रमित भएकोमा ५ लाख ५९ हजार ५८५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ३१ हजार ४७२ जनाको मृत्यु भएको छ । ६ लाख ३१ हजार ८४० जना संक्रमित भएकोमा २ लाख ४२ हजार १८७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ३ हजार ३५६ जनाको ज्यान गएको छ भने १ लाख १३ हजार ६५६ जना संक्रमित छन् । संक्रमितमध्ये ४६ हजार २६९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२३ जनाको मृत्यु भएको छ । ८ हजार ७२२ जना संक्रमित भएकोमा ८ हजार ६५ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसको महामारीले अमेरिकामा ९९ हजार ३०० जनाको मृत्यु भएको छ । संक्रमित १६ लाख ८६ हजार ४३६ जनामध्ये ४ लाख ५१ हजार ७०२ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu