ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्काको हात हेरेर भविष्य बताउने एक ज्योतिषमा पनि कोरोना पुष्टि


एबीसी न्यूज
१२ जेष्ठ २०७७, सोमबार   ३ : ३०   बजे

काठमाडौं, १२ जेठ । ज्योतिषहरुले अरुको हातका रेखा हेरेर भविष्य बताउन सक्ने दावी गर्छन । तर विश्वभर फैलिएको कोरोनाले भने कसैलाई छोडेको छैन । विश्वका प्रतिष्ठित ब्यक्तिहरु कोरोना संक्रमित भएका छन् । यस्तोमा नेपालमा भने अर्काको हात हेरेर भविष्य बताउने एक ज्योतिषमा पनि कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले सोमवार विज्ञप्ती मार्फत कोरोना भएको पुष्टि गरेको ७२ जना मध्य एक जना ज्योतिष पनि भएको बुझिएको छ । उनी टोखाका हुन् । स्वास्थ्य मन्त्रालयले टोखामा २ जनामा सोमवार कोरोना पुष्टि भएको जनाएको थियो । जसमध्य एक जना किराना पसल संचालन गर्ने बुझिएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा पनि बढ्दो छ ।

सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकारलगायतलाई पनि संक्रमण भएको यो भाइरस विभिन्न पेशा र व्यावसयामा संलग्नलाई नै लागिरहेको छ । सोमवार नै पहिलो पटक एक नेकपाका नेतामा कोरोना पुष्टि भएको छ ।सोमवार ककनी स्थित एक स्थानिय ब्यक्तिलाई कोरोना पुष्टि भएको थियो । उनी नेकपाका नेता भएको खुलेको हो ।

धेरै भन्दा धेरै मान्छेसँग संम्पर्क हुनेलाई चाँडो संक्रमण देखिने कोरोना भाइरस काठमाडौं टोखा नगरपालिका–३ धनेश्वरका एक जना ज्योतिषमा पनि पुष्टि भएको हो ।

‘अरुको हात हेरेर भाग्य र भविष्य अनि रोग व्यवाधानको विषयमा हेर्ने मानिसलाई नै कोरोनाले छोएको भन्दै स्थानियले टिप्पणी गरेका छन् । धेरै मानिसको सम्पर्कमा रहने ज्योतिषलाई कोरोना पुष्टि भएपछि उनीसंगको सम्पर्कमा रहेकाहरुको खोजि थालिएको छ । उनलाई संक्रमण कसरी भयो भन्ने विषयमा मात्र होइन, उनले कति जनासँग सम्पर्क गरे त्यसबीचमा भन्ने पनि ‘ट्रेसिङ’ गर्न थालिएको छ । हाल उनलाई आइसोलेशनमा राखेर उपचार गराउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीको शोकमा करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम स्थगित

झापाको काँकडभिट्टा सीमा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ प्रयोग

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu