ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने कार्य उच्च प्राथमिकतामा छः सरकार


एबीसी न्यूज
१२ जेष्ठ २०७७, सोमबार   ७ : ४०   बजे


काठमाडौं, १२ जेठ ।  सरकारले नेपालको राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी आफ्ना कामकारवाही एवं गतिविधि सञ्चालन गरेको जनाएको छ । नेपाल सरकारले राष्ट्रपतिसमक्ष आज बुझाएको सरकारको प्रतिवेदनमा सो कुरा उल्लेख छ ।

संविधानअनुरुप राज्यका नीति तथा दायित्यको कार्यान्वयनको स्थिति र शासकीय सुधार एव सुशासन कायम गर्ने सम्बन्धमा भएका कामकारवाही पनि प्रतिवेदनमा समेटिएको छ । विशेष गरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न सरकारले आर्थिक, सामाजिक, पूर्वाधार एव सुशासन तथा सेवा प्रवाहका क्षेत्रमा गरेको रुपान्तरणकारी कार्यको विवरण प्रतिवेदनमा समावेश गरिएको जनाइएको छ ।

नेपाल सरकारले गत आर्थिक वर्ष २०७५।०७६ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज पेश गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत आवमा सरकारद्वारा सम्पादित प्रमुख कार्य र हासिल भएका उपलब्धि समावेश गरिएको वार्षिक प्रतिवेदन राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपतिसमक्ष पेश गर्नुभएको हो ।

संवैधानिक व्यवस्थानुरुप प्रधानमन्त्री ओलीले प्रस्तुत गर्नुभएको गत आव २०७५।०७६ को नेपाल सरकारको वार्षिक प्रतिवेदन र सुरक्षा परिषद्को कामकारवाहीसम्बन्धी छुट्टाछुट्टै प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले प्रतिवेदनमा उल्लिखित विषयको प्रभावकारी कार्यान्वयनमा सरकार सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन सरकारले राष्ट्रपतिसमक्ष पेश गर्ने र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत संघीय संसद्मा पेश गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीको शोकमा करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम स्थगित

झापाको काँकडभिट्टा सीमा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ प्रयोग

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu