ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीमा कोरोना संक्रमित संख्या २३ पुग्यो, भारतबाट आउने नागरिकहरुका कारण कोरोनाको इपीसेन्टर बन्दै कर्णाली


एबीसी न्यूज
१३ जेष्ठ २०७७, मंगलबार   ६ : ५१   बजे

काठमाडौँ, १३ । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या निरन्तर बढदै गएको छ । पहिलो कोरोना संक्रमित देखिएको नवौं दिनमा आइपुग्दा कोरोना संक्रमित पुष्टि हुनेको संख्या २३ जना पुगेको हो । यो सँगै कर्णाली प्रदेश भारतबाट आउने नागरिकहरुका कारण कोरोनाको इपीसेन्टर बन्ने निश्चित भएको छ । यसअघि दैलेखमा नै १ जना र सुर्खेतमा ३ जना संक्रमित भेटिएका थिए।

कर्णाली प्रदेशमा जेठ ९ गतेसम्म १ जना मात्र संक्रमित रहेका थिए। दैलेखका उनी नै कर्णालीका पहिलो संक्रमित भएको पुष्टि भयो। उनी भारतबाट आएका थिए। सोमबार फेला परेका नयाँ संक्रमित ७ जना पनि भारतबाट दैलेख आएका व्यक्तिहुन्।

नयाँ पुष्टि भएका आइतबार बंबई, सुव्बाकुना र घण्टाघरमा रहेको क्वारेन्टाइनमा बसेकाहरूबाट लिइएको रिपोर्ट पोजेटिभ आएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले जानकारी दिनु भयो । मंगलबार बिहान रिपोर्ट पोजेटिभ आएका १२ जनामध्ये १० जना वीरेन्द्रनगर नगरपालिकाका र २ जना सिम्ता गाउँपालिकाका रहेको उनले बताए । यो सँगै सुर्खेतमा कोरोना संक्रमित हुनेको संख्या १५ पुगेको छ भने दैलेखमा ८ गरी २३ पुगेको हो ।

कर्णालीमा मात्र सात हजार भित्रिए
कर्णाली प्रदेशका सल्यानदेखि रुकुम पश्चिमसम्म १० जिल्लामा मात्र करिब ७ हजार मानिस लकडाउनपछि भित्रिएको र विभिन्न जिल्लाका स्थानीय तहका क्वारेनटाइनमा राखिएको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले बताउनुभयो । दैलेखमा जिल्लामा मात्र अहिलेसम्म चार हजारभन्दा बढी भारतलगायत अन्य मुलुकबाट दैलेख भित्रिएको मन्त्री रावलको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu