ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छिप्रीदह–सेराखेत ढल निकासको काम शुरु


एबीसी न्यूज
१३ जेष्ठ २०७७, मंगलबार   ९ : ११   बजे

रुकुम(पूर्व)को सिस्ने गाउँपालिका वडा नम्बर ६ छिप्रीदहमा बढ्दो प्रदूषण रोकी सुरक्षित राख्न तथा बस्न योग्य बनाउन ढल निर्माणको दोस्रो चरणको काम सुरु भएको छ । बढ्दो शहरीकरणका कारण उत्पन्न फोहोर छिप्रीदहमा मिसाइदिँदा दहको स्वरुप बिगिँ्रदै गएकाले छिप्रीदह–सेराखेत ढल निकासको कामलाई तीव्रता दिइएको हो ।

छिप्रीदह बजार व्यवस्थित नहुँदा बजार नै दुर्गन्धित भएको र घरमा उत्पादन भएको सबै फोहोर दहमा लगेर फाल्ने गरेको गुनासो आइरहेको छ । दह फोहोर तथा प्रदूषित भएका कारण ढल निर्माणको काम गर्ने योजनालाई अगाडि बढाइएको सिस्ने गाउँपालिकाले जनाएको छ ।
गत वर्ष नै न्यू प्लानेट इञ्जिनीयरिङ सर्भिस काठमाडौँले डिपिआर गरेको थियो । कुल रु आठ करोडदेखि नौ करोडसम्मको बजेटमा काम सम्पन्न हुने ढल निकासको काम अहिले गाउँपालिकाले छुट्याएको बजेटमा भइरहेको छ । ढल निकासका लागि गाउँपालिकाले रु २४ लाख बजेटमा पहिलो चरणको काम सम्पन्न गरिसकेको गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिनुभयो ।

बन्दाबन्दीले खर्च हुन नसकेको रु ३६ लाख बजेट छुट्याएर ढल निकासको दोस्रो चरणको काम शुरु गरिएको छ । ढल निकासको काम सम्पन्न भएसँगै छिप्रीदह र त्यस आसपासको क्षेत्र सफा देखिने छ । यसले गर्दा पर्यटन व्यवसायमा पनि सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu