ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले बजेटमार्फत कोरोनाका कारण असर परेको अर्थतन्त्रलाई माथि उकास्न विभिन्न कार्यक्रम – अर्थमन्त्री


एबीसी न्यूज
१६ जेष्ठ २०७७, शुक्रबार   ७ : ४५   बजे

काठमाडौं, १६ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको असरलाई सम्बोधन गर्न सरकारले बजेट मार्फत करिब ६० अर्ब रुपैयाँ खर्च गर्न लागेको बताउनुभएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को बजेट मार्फत कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रलाई उकास्न विभिन्न कार्यक्रम मार्फत ५५ अर्ब देखि ६० अर्ब रुपैयाँ सम्म खर्च गर्ने गरी कार्यक्रम ल्याइएको बताउनुभयो । शुक्रबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ, सञ्चार तथा प्रविधि मन्त्री खतिवडाले सरकारले बजेटमार्फत कोरोनाका कारण असर परेको अर्थतन्त्रलाई माथि उकास्न विभिन्न कार्यक्रमबाट राहतको व्यवस्था गरेको बताउनुभयो ।

आर्थिक क्रियाकलापलाई पूँजी क्षय हुन नदिन र उद्योगी व्यवसायिको मनोबल माथि उठाउन सामाजिक कार्यक्रम र राहतका क्षेत्रमा ठूलो आकारको बजेट छुट्याइएको मन्त्री खतिवडाले बताउनुभयो । उहाँले राहतको प्याकेज होमोजोनस नहुने र राहत नगदमा, छुटमा, प्रोत्साहनमा, सस्तो ब्याजमा दिइने ऋणमा, बीमा शुल्कमा दिइने छुट र कर छुटमा दिइएको बताउनुभयो । बजेटले रोजगार सिर्जना गर्ने, उद्योग व्यवसायलाई सुचारु गर्ने, र नयाँ लगानी बढाउने विषयमा सम्बोधन गरेको बताउनुभयो । प्रधानमन्त्री रोजगारी कार्यक्रम मार्फत ३ अर्ब, विद्युत छुटमा ८ अर्ब, सहुलियतपूर्ण कर्जाका लागि १४ अर्ब, पुर्नकर्जाका लागि २० अर्ब रकम खर्च हुने बताउनुभयो । यस्तै कर छुट मार्फत साढे ६ अर्बको राहत मिल्ने र खाद्यान्न विक्री वितरणमा १० प्रतिशत छुट दिदा ५० करोड भन्दा बढी रकम खर्च हुने बताउनुभयो ।

बजेटमा ७ लाख भन्दा बढीलाई रोजगारी सिर्जना गर्ने गरी कार्यक्रमहरु समावेस गरिएको अर्थमन्त्री खतिवडाले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम, साना किसान कर्जा कार्यक्रम, युवा स्वरोजगार, गरिवका लागि लघु उद्यम कार्यक्रम, वन पैदावार सम्बन्धी कार्यक्रम, गरिवी निवारण कोष, प्राविधिक व्यवसायीक तालिम, सीपमुलक कार्यक्रम लगायतबाट रोजगारी बढाउने गरी बजेट विनियोजन गरिएको बताउनुभयो ।

आन्तरिक उत्पादनलाई राजश्वको मुख्य आधार बनाउने र आयातित बस्तुमाथिको निर्भरतालाई कम गर्दै जाने नीति बजेटले लिएको बताउनुभयो । कोरोना भाइरसका कारण आन्तरिक आर्थिक क्रियाकलाप संकुचित भएको अवस्थामा थप करको बोझ नबढाइएको तर यथावत राखिएको अर्थमन्त्री खतिवडाले बताउनुभयो । यस्तै एक दर्जन वस्तुहरुको अन्तशुल्क घटाइएको समेत उहाँले बताउनुभयो । भन्सार तर्फ आयातित तयारी वस्तु र कच्चा पदार्थको भन्सार दरमा फरक पारिएको उहाँले बताउनुभयो । तयारी वस्तु भन्दा कच्चा पदार्थको भन्सार दर एक तह कम गरिएकोे बताउनुभयो । पेट्रोलियम पदार्थ र सुनचाँदीको मूल्यलाई भने भारतसँगको मूल्यमा एकरुपता ल्याउनको लागि भन्सार दर बढाइएको बताउनुभयो । भन्सार दर बढाइएपनि पेट्रेलियम पदार्थको मूल्य तत्काल नबढ्ने उहाँले स्पस्ट पार्नुभयो । उहाँले पेट्रोलियम खपत कम गर्नका लागि विद्युतीय सवारी साधन आयात खुकुलो पारिएको तर महँगो विद्युतीय गाडी आयात हुँदा दुई वर्षको पेट्रोलियम आयात धान्ने पैसा बाहिरिएकोले कर बढाइएको बताउनुभयो ।

उच्च आर्थिक वृद्धि गर्न लगानी बढाउनु पर्ने र निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने गरी बजेट आएको उहाँले बताउनुभयो । जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखी खर्चको प्रकृति बढेकाले आगामी आर्थिक वर्ष आर्थिक विकासलाई तिब्र पार्नुपर्ने चुनौति रहेको समेत उहाँले बताउनुभयो । त्यसका लागि छिटो प्रतिफल दिने, आगामी आर्थिक वर्ष भित्रमा सम्पन्न हुने आयोजनाका लागि बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । त्यस्तै अर्थतन्त्रमा दिर्घकालीन गेमचेन्जरको रुपमा रहेका आयोजनालाई पनि विस्तारै अगाडि बढाउने गरी बजेटले व्यवस्था गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu