ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना नियन्त्रणगर्न प्रदेश सरकार गम्भिर बनेन् – नेता शाही


एबीसी न्यूज
१८ जेष्ठ २०७७, आइतबार   ८ : १५   बजे


सुर्खेत, १८ जेठ । कर्णाली प्रदेशसभाको आजको बैठकमा बोल्ने सभासदहरुले कोरोना भाइरसको जोखिम प्रदेशमा बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका लागि प्रदेश सरकार गम्भीर बन्न नसकेको आरोप लगाउनुभयो । उहाँहरुले भारतबाट आएका व्यक्तिहरुमा कोरोनाको सङ्क्रमणको जोखिम उच्च रहेकाले उनीहरुलाई सुरक्षित रुपमा राख्ने, परीक्षण गराउने र सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश कोरोनाको भयावह अवस्थामा पुगेको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको आजको बैठकमा उहाँले भारतबाट भित्रिएका नागरिकका कारण कोरोना फैलिएको जनाउनुभयो ।

भारतबाट आएका नागरिकहरुको लगत सङ्कलन गरी सीमा क्षेत्रमा क्वारेन्टिन बनाएर जाँच गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “कोरोना प्रतिकार्यमा हामीले सरकारलाई आवश्यक सहयोग दिन्छौँ भन्दै आए पनि सरकारले बेवास्ता ग¥यो ।” सुर्खेत, दैलेख, सल्यान र कालीकोटमा एक हप्ताभित्रै १२३ जना कोरोना सङ्क्रमित भेटिनुले कर्णालीका अन्य जिल्ला पनि अछुतो नरहने भन्दै उहाँले यहाँका नागरिकको जीवन सुरक्षार्थ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अर्का सदस्य कुर्मराज शाहीले भारतका कारण नेपाल तथा कर्णाली प्रदेशमा कोभिड–१९ को सङ्क्रमण फैलिएको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, “कर्णालीमा पछिल्लो समयमा भारतले बस्न नदिएर नेपाल आउन बाध्य पारिएका नागरिकहरुबाट कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group