काठमाडौं , १९ जेठ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि सामग्रीको ढुवानी र बिक्रीवितरण नरोक्न आग्रह गरेको छ ।
पटक–पटक कृषि सामग्रीको बिक्री र ढुवानी नरोक्न मन्त्रालयले ध्यानाकर्षण गराउँदा पनि केहि ठाउँमा ढुवानी हुन नदिइएको र तरकारी फाल्न बाध्य बनाइएको भन्दै मन्त्रालयले त्यसो नगर्न भनेको हो ।
यसरी ढुवानी रोक्दा कृषकको उत्पादन खेर जाने, उनीहरुको मनोबल खस्कने र कृषि वस्तुको आयात बढ्ने कृषि मन्त्रालयले चेतावनी दिएको छ ।
स्वास्थ्यका मापदण्डहरु पालना गरी कृषि तथा पशुपंक्षी उपजहरुको ढुवानी र बिक्रीवितरण हुने व्यवस्था मिलाउन मन्त्रालयले फेरि अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्