ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमणको पुष्टि


एबीसी न्यूज
२० जेष्ठ २०७७, मंगलबार   ९ : ३२   बजे

पोखरा, २० जेठ । गण्डकी प्रदेशको पर्वत जिल्लामा पहिलो पटक ५ जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी स्याङ्जामा पनि ५ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पर्वतको फलेबास नगरपालिका ठेगना भइ सदरमुकाम कुश्मास्थित क्वारेन्टाइनमा रहेका २० र ४० वर्षका दुई पुरुष र पर्वतकै महाशीला गाउँपालिका घर भइ कुश्माकै क्वारेन्टाइनमा राखिएका १९, २० र २१ वर्षका ३ पुरुषमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबै हालैमात्र भारतबाट फर्किएका हुन् । यसैगरी स्याङ्जाको चापाकोट नगरपालिका घर भई स्थानीय क्वारेन्टाइनमा बस्दै आएका २२, २६, ३२ र ४० वर्षका पुरुषमा पनि कोरोना संक्रमण भेटिएको छ । साथै स्याङजाकै बिरुवा गाउँपालिकाका २० वर्षीय पुरुषमा पनि संक्रमण देखिएको हो । उनी पनि क्वारेन्टाइनमा थिए । संक्रमित दशै जनालाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिनुभयो । योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । ३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu