ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं ५ बाँकेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीले जिते कोरोना


एबीसी न्यूज
२४ जेष्ठ २०७७, शनिबार   ७ : ४३   बजे

काठमाडौँ, २४ जेठ ।  कोरोना महामारी रोकथामको अग्रभागमा रहेर काम गर्दा सङ्क्रमित भएका बाँकेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीले कोरोनालाई जितेर आज घर फर्किएका छन् ।

सङ्क्रमण पुष्टि भएपछि खजुरास्थित कोरोेना विशेष आइलोलेशन अस्पतालमा बसेका उनीहरुको दोस्रो परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका हुन् । स्वास्थ्यकर्मी र सञ्चारकर्मी दम्पती हुन् भने सुरक्षाकर्मी नरैनापुरस्थित कालाफाँटा प्रहरी चौकीमा कार्यरत हुनुहुन्छ ।

कोरोना जितेर घर फर्किएका सबैलाई खजुराबाट बिदाइ गरिएको थियो । बाँकेमा अहिलेसम्म ४५ जनाले कोरोनालाई जितेर घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालय बाँकेका स्थानीय स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । बाँकेमा आज १२ जना थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २६७ पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आज थप १२ जनाको रिपोर्ट पोजेटिभ आएसँगै सङ्क्रमितको सङ्ख्या २६७ पुगेको हो ।

आज गरिएको परीक्षणमा बाँकेका तीन स्थानीय तहका १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ सङ्क्रमित नेपालगञ्ज उपमहानगरपालिका– १ का ४१ वर्षीया महिला, बैजनाथ गाउँपालिका– ६ का ३८ र ३२ वर्षीय पुरुष तथा वैजनाथ गाउँपालिका– २ का ३७ वर्षीय पुरुष, खजुरा गाउँपालिका वडा नं ४ का एक महिलासहित तीनदेखि ३८ वर्ष उमेर समूहका सात जना र वडा नं ५ का २२ वर्षीय पुरुष रहेको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिनुभयो ।

गत वैशाख १९ गते पहिलो पटक बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमण देखिएको थियो । नेपालगञ्जबाट शुरु भएको सङ्क्रमणका क्रममा नरैनापुर, खजुरा, राप्तीसोनारी, डुडुवा, वैजनाथ हुँदै जानकी गाउँपालिकासम्म पुगेको छ । जानकी गाउँपालिकामा ४०, नेपालगञ्ज उपमहानगरपालिकामा ३४, राप्तीसोनारी गाउँपालिकामा २६, डुडुवा गाउँपालिकामा २५, खजुरा गाउँपालिकामा १३ जना र वैजनाथ गाउँपालिकामा ११ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

गाउँपालिका अध्यक्षले जिते कोरोना

तम्घास : गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल कोरोनालाई परास्त गरेर आज घर फर्किनुभएको छ । यही जेठ १२ गते कोरोना सङ्क्रमण पुष्टि भएको उहाँमा गरिएको परीक्षण रिपोर्टमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको थियो । जेठ ८ गते स्वाब सङ्कलन गरी पठाएकामा चार दिनपछि आएको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो । उच्च आत्मबल राखे कोरोनालाई सहजै जित्न सकिने अध्यक्ष पोखरेलले बताउनुभयो ।

गुल्मीमा पहिलोपटक मदाने गाउँपालिकामा जेठ ५ गते कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । त्यसपछि धुर्कोट गाउँपालिकाका सुरक्षाकर्मी, गाउँपालिकाका सवारी चालक र स्थानीय प्रहरीको आरडिटी गरिएको थियो । जसमध्ये एक जना पदाधिकारीको रिपोर्ट पोजेटिभ देखिएको थियो । त्यसपछि अध्यक्ष पोखरेल र उक्त पदाधिकारीको स्वाब सङ्कलन गरी पठाइएकामा स्वयं अध्यक्षलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

गुल्मीमा १५५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिका अध्यक्ष पोखरेलको सम्पर्कमा आएका सबैको स्वाब जेठ १८ गते सङ्कलन गरी पठाइएको थियो । जसमध्ये धुर्कोट गाउँपालिकाका स्वास्थ्यकर्मी, वडाध्यक्षलगायत गरी कूल ८९ जना रहेका थिए भने जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिलगायत गरी ५६ जना रहेका थिए । गुल्मीमा हालसम्म कूल पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामा दुई निको भएका छन् । दुई को तम्घासस्थित आइसोलेशनमा उपचार भइरहेको छ भने एकको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu