ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण एसियामा कोरोना भाइरसको जोखिम बढेको छ – डब्लूएचओ


एबीसी न्यूज
२५ जेष्ठ २०७७, आइतबार   ६ : ४५   बजे

काठमाडौं, २५ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो समय दक्षिण एसियामा फैलिदै गएको प्रति विश्व स्वास्थ्य संगठन (डब्लूएचओ )ले चासो ब्यक्त गरेको छ ।

पछिल्लो समय दैनिक रुपमा ठूलो संख्यामा कोरोना संक्रमित देखापरेपछि दक्षिण एसिया कोरोनाको हटस्टप बन्ने चिन्ता ब्यक्त गरेको हो ।

भारतमा हालसम्म २ लाख ४६ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यहाँ मृतकको संख्या ६ हजार ९४६ पुगिसकेको छ।

भारतमा पछिल्लो समय दैनिक रुपमा ठूलो संख्यामा कोरोना संक्रमित थपिरहेका छन्। डब्लूएचओको ताजा जानकारीअनुसार दक्षिण एसिया हालसम्म कोरोनाको हटस्पट बनेको छैन। भारतमा हरेक तीनहप्तामा संक्रमितहरु दोब्बर बढिरहेको छ ।

भारतमा कोरोना भाइरसको संक्रमण अहिलेसम्मकै उच्च गतिमा पुगेको छ । आइतबार बिहान २४ घण्टाको अवधिमा भारतमा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित र मृतक थपिएका छन् । संक्रमितको संख्यामा भारत तेस्रो स्थानमा समेत पुगेको छ ।

भारतमा एकैदिन १० हजार ५२१ जना नयाँ संक्रमित थपिएका छन् । जबकि शनिबार ९ हजार ४७१ जना संक्रमित थपिएका थिए । त्यसअघि शुक्रबार ९ हजार ८३८ जना संक्रमित थपिएका थिए ।

त्यस्तै मृतक २४ घण्टामा २९७ जना थपिएका छन् । शनिबार २९६ जना थपिएका थिए । शुक्रबार २७४ थपिएका थिए । आइतबार अहिलेसम्मकै सबैभन्दा बढी मृतक थपिएका हुन् ।

अहिलेसम्म भारतमा संक्रमितको संख्या २ लाख ४६ हजार ६२२ पुगेको छ । मृतकको संख्या ६ हजार ९४६ पुगेको छ । संक्रमित बढिरहे पनि निको हुनेको संख्या समेत बढ्दै गएको छ । आइतबार ५ हजार ४९० जना डिस्चार्ज भएका छन् । जुन अहिलेसम्मकै उच्च हो । अहिलेसम्म १ लाख १८ हजार ६९५ जना डिस्चार्ज भएका छन् । संक्रमितको संख्या २४ घण्टामा बढ्दा भने विश्वमै भारत तेस्रो स्थानमा पुगेको छ ।

सबैभन्दा बढी ब्रजिलमा २७ हजार ५८१, दोस्रो स्थानको अमेरिकामा २२ हजार ७५३ जना संक्रमित हुँदा भारत तेस्रोमा रहेको हो । चौथो रुसमा ८ हजार ८५५जना संक्रमित भएका छन् । भारत कोरोनाबाट विश्वमा छैटौँ र दक्षिण एसियामा पहिलो धेरै प्रभावित देश हो ।

कुन ठाउँमा सबैभन्दा बढी प्रभावित

सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा २४ घण्टामा २ हजार ७३९ जना संक्रमित बढ्दा ८२ हजार ९६८ पुगेका छन् । त्यस्तै मृतक १२० बढेर २ हजार ९६९ पुगेका छन् ।

तमिलनाडुमा १ हजार ४७६ जना बढेर ३० हजार १७२ जना संक्रमित हुँदा मृतक २५४, दिल्लीमा १ हजार ३२० जना बढेर २७ हजार ६५४ जना संक्रमित हुँदा मृतक ७६१, गुजरातमा ४९८ बढेर १९ हजार ६१७ जना संक्रमित हुँदा १ हजार २१९ को ज्यान गएको छ । भारतपछि कोरोनाले ग्रस्त बनेको मुलुक पाकिस्तान हो। त्यहाँ ९३ हजार ३८३ संक्रमित भएका छन् भने १ हजार ९ सय ३५ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group