ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकै दिन २४ जिल्लाका थप २९२ जनामा देखियो कोरोना : संक्रमितको संख्या ३ हजार ६ सय ४० पुग्यो


एबीसी न्यूज
२६ जेष्ठ २०७७, सोमबार   २ : ३०   बजे

काठमाडौं, २६ जेठ ।   देशका विभिन्न २४ जिल्लाका थप २९२ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमा सबैभन्दा बढी प्रदेश २ मा ७ जिल्लामा एकैदिन १७५ जना संक्रमित थपिएका छन् ।

सर्लाहीमा एकैदिन १२० जनामा कोरोना पोजेटिभ देखिएको हो । यस्तै, सप्तरीमा १६ जना, महोत्तरी १२ जना, रौतहटमा ११ जनामा कोभिड—१९ देखिएको हो । यस्तै, पर्सामा ८ जना, बारामा ७ जना र धनुषामा १ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । यस्तै, भैरहवास्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ४४ जनामा कोभिड—१९ पुष्टि भएको हो । जसमध्ये अर्घाखाँची ३२ जना, रुपन्देही २ जना, प्यूठानका ८ जना, गुल्मी र पाल्पामा १÷१ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ ।

प्रदेश १ को प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १६ वटामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमध्ये झापा ६ जना, सुनसरीमा १ जना, मोरङका ९ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो । जसमध्ये १८ जना बर्दिया र १ जना बाँकेका छन् । यस्तै, पोखरास्थित प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमा कास्कीका पोखरा महानगरपालिका—९ का १ जनामा रहेका छन् । यस्तै स्याङजा वालिङका १ जनामा पनि कोभिड—१९ पोजेटिभ देखिएको छ ।

कर्णाली प्रदेशीक प्रयोगशाला सुर्खेतमा गरीएको परिक्षणमा १६ जनामा कोभिड १९ पोजेटीभ देखीएको छ । पोजेटीभ देखीनेहरुमा दैलेखका १०, सल्यानका ५ र सुर्खेतका १ रहेको प्रदेश सामाजिक विकास मन्त्रालयले जानाएको छ ।

यो संगै कर्णालीमा ६ सय ५७ जनामा कोरोना पुष्टी भएको छ । सोमवार चितवनको भरतपु्र कोरोना परिक्षण प्रयोगशालामा गरीएको परिक्षणमा २० जनामा कोभिड १९ पुष्टी भएको छ । जसमा १७ जना चितवन र ३ जना नवलपरासीका रहेका छन् । यो सगै नेपालमा संक्रमितको संख्या ३ हजार ६ सय ४० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu