काठमाडौं, ३२ जेठ । पर्वतको कुश्मा नगरपालिका ३ मा पहिरोले तीन जनाको ज्यान गएको छ । पहिरोले दुर्लुङको काउलेका दुई वटा घर पनि बगाएको छ । पहिरोमा ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख विश्वराज अधिकारीका अनुसार मृत्यु हुनेमा तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापा छन् ।
बेपत्तामा हुनेमा चार जना ९ देखि १६ वर्ष उमेर समूहका छन् । दुई जना अन्दाजी २८/२९ र ३२/३३ वर्षका व्यक्ति भएको प्रहरीले जनाएको छ ।बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । शनिबार बेलुका परेको पानी पछि पहिरो गएको हो ।
प्रतिक्रिया दिनुहोस्