ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पटेर्वासुगौलिमा महिला प्रहरी भवनको उद्घाटन


एबीसी न्यूज
६ असार २०७७, शनिबार   ७ : ५०   बजे

वीरगंज ६ असार । पर्सा जिल्ला स्थित रहेको इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीमा निर्मित महिला प्रहरी भवनको उद्घाटन भएको छ। जिल्ला प्रहरी कार्यालय, पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले महिला प्रहरी भवनको शुक्रवार उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा उहाले महिला प्रहरीका लागि छुट्टै भवन निर्माण भएकोमा खुशी व्यक्त गर्नुभयो ।

उपरिक्षक पन्तले कोभिड–१९ महामारीमा प्रहरीले खेलेको भूमिका पर्याप्त नभएको भन्दै यो अभियानमा सबैको सहकार्य आवश्यक हुनेपर्ने बताउनुभयो । प्रहरी एक्लैले कोभिड–१९ रोकथाममा अहम् भूमिका खेल्न नसक्ने भन्दै उहाले समाजको सहकार्य आवश्यक भएको बताउनुभयो । प्रहरी उपरीक्षक पन्तले इप्रका, पटेर्वासुगौलीमा महिला प्रहरीको दरबन्दी नभए पनि महिला प्रहरी भवन निर्माण गरिएको कारण एक साताभित्र दुईजना महिला प्रहरी खटाउने प्रतिबद्धता जनाउनुभयो । उहाले जिल्लामै महिला प्रहरीको सङ्ख्या ७० मात्र रहेको बताउँदै सो अपुग भएको बताउनुभयो ।

महिला प्रहरीको अभावमा वीरगंज महानगरबाहेक पोखरिया नगरपालिकामा मात्र महिला प्रहरी रहेका छन् । गाउपालीकाका अध्यक्ष हरिनारायण चौधरीको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा उपाध्यक्ष ममता महतो, निमित्त प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादव, शिक्षक सुभाष दासलगायतले मन्तव्य व्यक्त गरेका थिए। इप्रका पटेर्वासुगौलीका प्रहरी निरीक्षक दीपक चोरवारले गापाको १५ लाखको लागतमा दुई कोठे सुविधासम्पन्न महिला प्रहरी भवन निर्माण भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu