ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिराबाट जीप पुरिँदा मृत्यु


एबीसी न्यूज
६ असार २०७७, शनिबार   ७ : २०   बजे

तम्घास, ६ असार । गुल्मीमा दुई दिनदेखि परेको वर्षाका कारण खसेको पहिराबाट जीप पुरिँदा एकको ज्यान गएको छ । सो घटनामा पाँच घाइते भएका छन् ।
धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडे निवासी अन्दाजी १८ वर्षीय तुल्सीराम काउछाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पुर्कोट दहका प्रहरी निरीक्षक पङ्कज चुँदालीले जानकारी दिनुभयो । साविकको हाडहाडे गाविस वडा नम्बर २ बाट हाडहाडेकै अर्को गाउँ जान लाग्दा लु १ ज ३९७९ नम्बरको जीप हाडहाडेस्थित चुना ओढारमा पुरिएको हो ।

जीपमा सवार पाँचमध्ये दुई जनाको अवस्था गम्भीर भएका कारणले थप उपचारका लागि अर्घाखाँची सन्धिखर्क पठाइएको छ । गाडीचालकसमेत रहेका स्थानीयवासी २० वर्षीय प्रदीप पुन र २५ वर्षीय रमेश रानालाई थप उपचारका लागि सन्धिखर्क पठाइएको हो । बाँकी तीनको सामान्यावस्था रहेकाले हाडहाडेमै प्राथमिक उपचार गरिएको छ ।

स्थानीयवासी ३९ वर्षीय केशव काउछा, २१ वर्षीय खिम काउछा र १८ वर्षीय विशाल काउछाको सामान्यावस्था रहेकाले हाडहाडेमै प्राथमिक उपचार गराइएको छ । जीप पुरिएपछि सामान्यावस्थाका एक घाइते पैदल गाउँसम्म पुगेर खबर गर्दा उद्धारमा ढिलाइ भएको थियो । अहिले घटनास्थलमा प्रहरीको टोलीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, पुर्कोट दहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu