ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वतन्त्र भएर नेपालले कानून बनाउँदा मुठभेड गर्नुपर्ने कारण के छ – सांसद भूसाल


एबीसी न्यूज
९ असार २०७७, मंगलबार   १२ : २१   बजे

काठमाडौं,९ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद बेदुराम भूसालले स्वतन्त्र भएर नेपालले कानून बनाउँदा मुठभेड गर्नुपर्ने कारण के छ भन्दै प्रश्न गर्नुभएको छ ।

राष्ट्रियसभाको विशेष समयमा बोल्दै भूसालले नेपाल आफ्नो खुट्टामा आफै उभिनुपर्छ भन्दा मुठभेड गर्ने कारण के छ भन्दै कांग्रेसलाई प्रश्न गर्नुभयो । सोमबारको बैठकमा कांग्रेस सांसद जितेन्द्र नारायण देवले दिएको अभिव्यक्तिको खण्डन गर्दै उहाँले भन्नुभयो, ‘‘राजनीतिक दुर्घटना निम्त्याउने भनिएको छ, के का लागि दुर्घटना निम्त्याउने ? के भारतसँग जोडिएन नेपाल भनेर ? के भारतको छोटेभाइ भएन नेपाल भनेर ? हामीले हाम्रो आफ्नो स्वतन्त्र कानुन बनाउँदा मुडभेड गर्ने कारण के छ ? नेपालले आफ्नो खुट्टामा आफै उभिनुपर्छ भन्दा मुटभेड गर्ने ?’’

समितिले सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान राखेपछि कांग्रेस सांसद देवले नेपाललाई चीनको झोलामा राख्न खोजिएको, साम्प्रदायिक दंगा भड्काउन खोजेको भारतसँगको सम्बन्ध तोड्न खोजेको प्रतिक्रिया दिनुभएको थियो । आजको बैठकमा भूसालले देवको भनाईको खण्डन गर्दै भारतले सात वर्षसम्म बसेपछि मात्रै नागरिकताका लागि आवेदन दिन सक्ने कानून बनाउने त्यही अनुसारको व्यवस्था नेपालमा हुँदा के भिन्नता भयो भन्दै प्रश्न गर्नुभयो ।

अंगीकृत नागरिकता प्राप्त नगर्दा राजनीकि र प्रशासनिक अधिकार प्राप्त नहुने उल्लेख गर्दै उहाँले स्थायी अवासिय अनुमति दिने व्यवस्था गरिएपछि सांस्कृतिक अधिकारमाथि कसरी आक्रमण हुन्छ भन्नुभयो ।

उहाँले भन्नुभयो , ‘‘सांस्कृति आक्रमण भनिएको छ, के भनेको हो ? अंगीकृत नागरिकता प्राप्त गर्दा त्यो नागरिकले प्राप्त गर्ने भनेको राजनीतिक अधिकार हो त्यही प्रतिनिधिसभाको समितिले भनेको छ । स्थायी आवासीय अनुमति पत्र प्रदान गर्ने छौँ । त्यसैमा राजनीतिक अधिकार बाहेक अधिकार हुनेछन् भनेको छ । यस्तो हुँदा कहाँबाट सांस्कृति आक्रमण हुन्छ ? राजनीतिक अधिकार दिएमात्रै सांस्कृति अधिकार प्राप्त हुन्छ भन्न खोजिएको हो ?’’

देवले चीनको झोलामा नेपाललाई राख्न खोजिएको भन्दै दिएको अभिव्यक्तिको पनि उहाँले खण्डन गर्नुभयो । भारतसँग जस्तै चीनसँग पनि प्राचिन कालदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘भारतसँगको सम्बन्ध कट गर्दै चीनको झोलामा जाने भनेर के भन्न खोजिएको हो ? के भारतको झोलामा जान खोजिएको हो त ? नेपाल सधैभरी भारतको चंगुलमा बस्नुपर्छ भन्न खोजिएको हो ? नेपालले स्वतन्त्र ढंगले निर्णय गर्दा नेपाललाई भारतबाट टाढा बस्न खोजिएको भनिन्छ ? के सधैभरी भारतको चंगुलमा बस्नुपर्छ भनिएको हो । यस्ता अभिव्यक्तिलाई जहिले पनि नेपाललाई भारतको अधिनस्त बनाउने खोजिएको हो किन नभन्ने ?’’

भारतीय नागरिकसँग विवाह गरेको कुनै पनि व्यक्तिले निरन्तर ७ वर्षसम्म बसेपछि नागकिरताका लागि आवेदन गर्न सक्ने भनेको छ । हामी पनि त्यही गर्दै छौँ के भिन्नता भयो ?

उहाँले राजनीतिक अभिष्ट पुरा गर्नका लागि निराधार र कपोकल्पित तर्क नगर्न पनि आग्रह गर्नुभयो । उहाँले भुटानमा १० वर्ष, श्रीलंकामा ७ वर्ष माल्दिभ्समा १२ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान रहेको समेत स्मरण गराउनुभयो । नेपालले भारतबाट विवाह गरेर आउने महिलाका लागि मात्रै कानून बनाएको उल्लेख गर्दै उहाँले अन्य मुलुकबाट विवाह गरेर आउने महिलाहरुमा पनि यो कानून आकर्षित हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu