ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समस्याका आधारमा सिँचाइ र कृषि सडक निर्माण


एबीसी न्यूज
१० असार २०७७, बुधबार   ११ : ५४   बजे

जाजरकोट, १० असार ।  कर्णाली प्रदेश सरकारले समस्याका आधारमा सिँचाइ र कृषि सडक निर्माणकार्य जारी राखेको छ । जाजरकोटमा रु दुई करोड ७० लाखमा ११ कृषि सडक निर्माण भइरहेको र रु चार करोड २५ लाखमा २२ वटा सिँचाइ योजना सञ्चालनमा रहेको कृषि सेवा कार्यालय जाजरकोटका प्रमुख गणेश अधिकारीले जानकारी दिनुभयो ।

यीमध्ये ७० प्रतिशत योजना सम्पन्न भइसकेका छन् । बाँकी ३० प्रतिशत योजना निर्माणको अन्तिम चरणको पुगेको प्रमुख अधिकारीले जानकारी दिनुभयो । कृषिजन्य वस्तु उत्पादनका लागि पकेट क्षेत्र भएका ठाउँमा सडक र सिँचाइ सुविधा उपलब्ध गराइएको कार्यालयले जनाएको छ । नलगाड नगरपालिका–७ खगेनमा खेतीयोग्य जमीन धेरै भए पनि सिँचाइ नहुँदा समस्यामा परेका कृषकलाई मध्यनजर गरी यसपटक रु २० लाखको योजना सञ्चालन निर्माणकार्य पूरा भएको छ । योजना सम्पन्न भएसँगै यहाँका ५० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । कृषकलाई बीउ, सिँचाइका लागि पाइप ९सहायक लाइन०, प्लाष्टिक टनेल, विषादी प्रयोग गर्ने भाँडासमेत वितरण गरिएको छ ।

घर नजिकैबाट पानी बगे पनि अर्थाभावका कारण सिँचाइ गर्न नपाएर हैरान भएका जुनिचाँदे गाउँपालिका–१ सानीआग्रीका ३० घरधुरी यसपटकदेखि १२ महिना सिँचाइ सुविधा उपभोग गर्न पाउने भएका छन् । अधिकांश दलित समुदाय भएको यहाँ वर्षेबाली आकाशे पानीको भरमा लगाउने भए पनि हिउँदयाममा भने खेतबारी बाँझै रहने गरेका थिए । यो वर्ष सिँचाइ सुविधा पुगेसँगै अब यहाँका जमीन बाँझो नरहने स्थानीयवासी लोकबहादुर बुढाले बताउनुभयो । उहाँले पाँच वर्ष अघिदेखि योजना माग गरे पनि बल्ल पूरा भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

बाँच्ने आधार तय हुने जमीनमा सिँचाइ सुविधा पुगेर अब बाह्रै महिना खेती गरी हराभरा बनाउने ढोका खुलेको भन्दै सानीआग्री सिँचाइ योजनाका अध्यक्ष अम्बरबहादुर बुढाले गाउँवासीमा धेरै खुशी थपिएको सुनाउनुभयो । त्यस्तै ६० घरघुरीभन्दा बढी सर्वसाधारण बसोबास गर्ने छेडागाड नगरपालिका–११ झार्पामा पनि सिँचाइ सुविधासम्पन्न भएको छ । यहाँ रु ५० लाखमा छट्केखोला सिँचाइ योजना सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र शाहीले जानकारी दिनुभयो । झार्पाका गाउँगाउँमा पानीको नहर पुगेसँगै कृषिजन्य वस्तु उत्पादन गर्न सजिलो भएको अध्यक्ष शाहीले खुशी व्यक्त गर्दै भन्नुभयो ।

उता कुशे गाउँपालिका–८ मालुतरामा सिँचाइ सुविधा आधा निर्माण गरिएको छ । प्रदेश सरकारले दिएको रु १५ लाखमा आधा काम भएको र अर्को वर्ष बजेट थप गरेमा मात्र यहाँका सर्वसाधारणले राम्रोसँग सिँचाइ सुविधा उपभोग गर्न पाउने भएका छन् । एक सय १० घरधुरी रहेको मालुतरामा अब रु १० लाख आवश्यक रहेको उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र रोकायले जानकारी दिनुभयो । अधिकांश पाखो जमीन रहेको मालुतरामा सिँचाइ योजना सम्पन्न भएसँगै यहाँका सर्वसाधारण सिँचाइ सुविधाको पहुँचमा पुग्ने छन् । सिँचाइ सुविधा पुगेको ठाउँमा कार्यालयले सिँचाइ गर्न, औषधि प्रयोग गर्नका लागि विभिन्न उपकरणसमेत वितरण गरेको छ । त्यस्तै कृषिजन्य वस्तु उत्पादन भई बजारीकरण गर्न कृषि सडक निर्माण कार्यसमेत जारी रहेको छ ।

यो सँगै अहिले जिल्लाभरि समस्या र प्रथामिकताका आधारमा कृषि विकास कार्यालयले योजना निर्माणकार्य जारी राखेको छ । जुनिचाँदे गाउँपालिकामा ओखरका बिरुवासमेत वितरण गरी अर्को वर्ष फल दिने सम्भावना बढेको छ । त्यस्तै जैविक उत्पादनका लागि जिल्लाका कुशे गाउँपालिकामा विभिन्न कामहरु भएको सूचना अधिकारी टोपेन्द्र विकले जानकारी दिनुभयो । प्रदेशसभा सदस्यको इच्छानुसार केही योजना सञ्चालन भएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा त्यस्ता योजना प्रदेशसभा सदस्यले सञ्चालन गर्नुभएको छ ।

जिल्लाको कूल जमीन दुई लाख २२ हजार ८८१ हेक्टर रहेको छ । यसमध्ये कूल खेतीयोग्य जमीन २५ हजार ३८४ हेक्टर छ । त्यसमध्ये १६ हजार ६९८ हेक्टरमा खेती गरिएको छ । सात हजार ९११ हेक्टरमा सिँचाइ गर्न सक्ने अवस्था रहेको छ । चार हजार ९६९ हेक्टरमा मात्र वर्षभरि सिँचाइ गर्न सक्ने अवस्था छ । सबैभन्दा बढी जाजरकोटमा मकैबाली उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group