ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थायी समितिमा ओलीको गुनासो : पार्टीभित्रैबाट सरकार विरोधी धारणा आए


एबीसी न्यूज
१० असार २०७७, बुधबार   ७ : २६   बजे

काठमाडौं, १० असार । सत्तारुढ नेकपाको स्थायी समिति बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताहरु प्रतिपक्ष जसरी प्रस्तुत हुँदा सरकारले काम गर्न नसकेको गुनासो गनुर्भएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने सरकारको कडा आलोचना गर्नुभएको थियो । बैठकको सुरुमा बोल्दै ओलीले आफ्नै पार्टी प्रतिपक्षजस्तो हुँदा काम गर्न नसकिएको र राम्रो कामको पनि खराब प्रचार भएको गुनासो गर्नुभएको थियो ।

संसारभरि कम्युनिष्टहरू कमजोर भएको बेला नेपालमा दुई तिहाइ बहुमतको सरकार कम्युनिष्टको नेतृत्वमा बनेको अन्तर्राष्ट्रिय जगतलाई समेत मन नपरेको प्रधानमन्त्री ओलीले गुनासो गर्नुभयो ।

लिम्पियाधुरासम्मको भू–भाग समेटेर नक्सा जारी गरेकोमा भारतीय पक्ष खुसी नरहेको प्रधानमन्त्रीले बताएको एक स्थायी समिति सदस्यले बताउनुभयो । ‘यत्रो कोभिड १९ संकटका बेलामा सरकारले गरेका काम पार्टीले बुझ्न सकेन,’ प्रधानमन्त्रीको भनाइ उधृत गर्दै बैठकमा सहभागी एक नेताले भन्नुभयो , ‘पार्टी प्रतिपक्ष जस्तो भयो, राम्रो काम प्रचार भएन, पार्टीभित्रैबाट सरकार विरोधी धारणा आए, साथीहरु नै सरकारको विरोधमा निस्कने प्रवृत्ति देखियो।’

‘सरकार बदनाम भएको छैन, गराइएको हो,’ ओलीले भन्नुभयो ‘कोरोनाको संकट, सीमा समस्याका विषयमा जुधिरहेको सरकार कसरी बदनाम हुन्छ ?’

झण्डै पौने घण्टा बोल्नु भएका ओलीले सरकारको कामको बचाउ गरेपनि पार्टी सञ्चालनमा केही समस्या देखिएको भए सच्याएर अघि बढ्न तयार रहेको बताउनु भएको थियो । ‘पार्टी एकता धेरै सोचविचार गरेर गरिएको छ, यसबाट पछाडि फर्किने स्थिति छैन, बरु कमजोरी भएका छन् भने सच्याएर अघि बढ्न तयार छु,’ ओलीले स्थायी समितिका नेताहरुसँग भन्नुभयो । राम्रो सोचले अध्यादेश ल्याइएको भए पनि पार्टीभित्रै बाट असहयोग भएको समेत उहाले बताउनु भयो ।

विधेयकले पार्टी फुट्छ भनेर गलत कुरा गरियो। संवैधानिक आयोगहरूमा पनि पार्टीका मान्छेहरूलाई नियुक्त गर्न सकिन्थ्यो,ु प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै अर्का एक नेताले भन्नुभयो हाम्रो आधा कार्यकालमा समेत संवैधानिक निकायमा नियुक्ति गर्न सकिएको छैन।
पार्टीभित्रका विपक्षीको सामान गर्न सबैभन्दा कठिन हुने ओलीको भनाइ थियो।

हाम्रा साथीहरूले आफ्ना असन्तुष्टि पार्टीका बैठकमा राखे हुने हो तर बाहिर भन्दै हिँड्नुहुन्छ, पार्टीका मान्छेले आलोचना गरेपछि जनताले पनि त्यही कुरा पत्याउँदा रहेछन्।’

त्यसपछि बोलेका अध्यक्ष प्रचण्डले पार्टीभित्र व्यक्तिवादी सोच हावी भएको बताउनु भएको थियो । उहाले गत चुनावमा व्यक्तिलाई हेरेर जनताले मत नदिएको बताए।

‘पार्टी एकता ठूलो चुनौती मोलेर गरिएको हो, जनताले मत व्यक्ति हेरेर दिएका होइनन्’, प्रचण्डको भनाइ थियो, ‘पार्टीलाई आएको मत व्यक्तिले प्राप्त गरेको जसरी व्यवहार हुनु भएन।’ अध्यक्ष प्रचण्डले पार्टी र सरकारको कामबाट जनतामा निराशा छाएको, कम्युनिस्ट सरकारको व्यवहार जनउत्तरदायी नभएकोले आत्मसमीक्षा गर्नुपर्ने धारणा राख्नु भएको थियो ।

अध्यक्षद्वयको मन्तव्य, सरकारको काम, पार्टी एकताको बाँकी काम, एमसीसी र विविध गरी ४ बुँदे एजेन्डामा नेताहरुले चित्त नबुझाएपछि त्यसलाई परिमार्जन गरेर ७ बुँदे बनाइएको छ। जसमा मुख्यगरी सरकार र कामको समीक्षा, पार्टी कामको समीक्षा, नेपालको सीमा समस्या, एमसीसीको विषयलाई छलफलमा प्राथमिकता दिइएको छ। असार १२ गते स्थायी बस्ने नेताहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu