ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपालाई जोगाउने प्रयासस्वरूप अध्यक्षद्वयबीच निर्णायक वार्ता


एबीसी न्यूज
२१ असार २०७७, आइतबार   ८ : ३६   बजे

काठमाडौं, २१ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठनको २ वर्ष नपुग्दै अध्यक्षद्धयविच मतभेद चर्को बन्दै गएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एवं बरिष्ठ नेता माधव कुमार नेपाल समूहको मतभेद बढ्दै जाँदा नेकपालाई फुटबाट जोगाउने प्रयासस्वरूप आज अध्यक्षद्वयबीच निर्णायक वार्ता हुन लागेको हो ।

स्रोतकाअनुसार आज हुने भनिएको निर्णायक बार्तामा तेस्रो तथा नयाँ विकल्पका रूपमा मंसिर ४ मा भएको सहमति कार्यान्वयन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको म्यान्डेट बाहिर नगई सरकार चलाउने, सरकार सञ्चालन गर्न माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेता रहेको ५ सदस्यीय कार्यदल गठन गर्ने, केही मन्त्री र मुख्यमन्त्री हेरफेर गर्ने विषयमा छलफल हुने नेकपा स्रोतले जनाएको छ । बिहान १० बजेका लागि तय भएको बैठकले यसबारे निकास दिनुपर्ने नेताहरुले बताउदै आएका छन् । प्रधानमन्त्री ओलीले शनिबार साँझ मन्त्रीहरूलाई बालुवाटार बोलाएर आ–आफ्नो कित्ता स्पष्ट गर्न निर्देशन दिनुभएको छ ।

शनिबार साँझ मन्त्रीहरूसँग भएको आकस्मिक बैठकमा ओलीले आफूविरूद्ध अविश्वासको प्रस्ताव र राष्ट्रपतिविरूद्धसमेत महाअभियोग लगाउनेसम्मको तयारी भएपछि संसद् अधिवशेन अन्त्य गरिएको बताउनु भएको थियो । ‘पार्टी विभाजनका चरणमा प्रवेश गरेकाले’ त्यसलाई रोक्नका लागि सहयोग गर्न सबै मन्त्रीलाई प्रधानमन्त्रीले आग्रह गर्नुभएको राज्यमन्त्री रावतले बताउनुभयो । ‘‘पार्टी एकता जुन ढङ्गले भएको थियो, त्यही गतिका साथ पार्टीकै शीर्ष नेता नलागेर बेठीक ढङ्गले लाग्नुभयो’’, प्रधानमन्त्रीलार्ई उद्धृत गर्दै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज भन्नुभयो, ‘‘पार्टी एकता गर्दा जे सहमति, सहकार्य गरिएको थियो, त्यस विपरीतका क्रियाकलाप हुन थाल्यो । त्यसैले पार्टी एकता कायम गर्न मलाई सहयोग गर्नुहोस् । ’’ बैठकमा आफूले प्रधानमन्त्री र अध्यक्ष दुवै नछाड्ने जनाउँदै नेता ओलीले पार्टी एकता गर्दाको सहमतिअनुसार आफू चल्ने बताउनुभएको रावतले जानकारी दिनुभयो ।

बैठकमा मन्त्रीहरुले पार्टी अल्पमत वा बहुमतमा नभई विधानअनुसार दुवै अध्यक्षले चलाउनुपर्ने जनाउँदै पार्टी एकता जसरी भए पनि कायम राख्नुपर्नेमा जोड दिएको राज्यमन्त्री रावतले बताउनुभयो । रावतका अनुसार मन्त्रीहरुले पार्टीका शीर्ष नेताका विरुद्ध बाहिर सञ्चारमाध्यममा आएका समाचार विश्वसनीय नभएको जनाउनुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीसंँग छलफल गरेपछि साँझ ७ बजे प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रिपरिषद्का सदस्यसंँग छलफल गर्नुभएको थियो । छलफलमा सबै मन्त्री र राज्यमन्त्रीको सहभागिता थियो । केही दिनदेखि पार्टी एकतामा समस्या देखिएपछि प्रधानमन्त्री ओली र अन्य शीर्ष नेताहरु छलफलमा व्यस्त हुनुभएको छ ।

यसअघि ओली र दाहालबीच शुक्रबार साढे तीन घन्टा भएको छलफलमा दुबै जना आ–आफ्नो अडानमा कायम रहे पनि छलफल सकारात्मक रहेको बताइएको थियो ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद कुनै हालतमा पनि नछोड्ने अडान लिएको नेकपा स्रोतले जनाएको छ । यता अध्यक्ष प्रचण्डले दुईमध्ये एक पद छाड्नै पर्ने बताउनु भएको छ । ओलीले दुवै पद नछाड्ने तर २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्न सकिने जवाफ दिएका छन् । मंसिर ४ को सहमतिमा ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी अध्यक्षको हैसियतमा पार्टी चलाउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group