ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कामदार अभावले सञ्चालित विकासे आयोजना प्रभावित


admin
१८ मंसिर २०७४, सोमबार   १ : ३७   बजे

म्याग्दी, १८ मंसिर । कामदार अभावका कारण जिल्लामा सञ्चालित विकासे आयोजना प्रभावित भएका छन् ।

जिल्लामा ठूला विकासका आयोजना भित्रिए पनि प्राविधिक र दक्ष कामदारको अभाव खड्किएको हो । जलविद्युत्, सव स्टेशन, सडक, नदी नियन्त्रण, भवन निर्माण, खानेपानीलगायतका आयोजनामा स्थानीय मजदुरको अभाव छ ।

रु २०-३० हजारका लागि लाखौँ खर्च गरेर खाडीमुलुकमा जोखिमपूर्ण काम गर्न जाने युवायुवती आफ्नै गाउँ ठाउँमा भित्रिएका आयोजनामा काम गर्न मान्दैनन् । सामान्य मजदुरदेखि सिकर्मी, डकर्मी, सवारी चालक, सब इञ्जिनियर, इञ्जिनियरलगायत प्राविधिक जनशक्तिको अभाव रहेको निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष नारायण जिसीले बताउनुभयो ।

“जिल्लामा दक्ष जनशक्ति नपाउँदा ठेक्का लिएका काम समयमा सम्पन्न गर्न समस्या भएको छ” जिसीले भन्नुभयो “बाहिरका कामदार भनेको बेला पाइँदैन, उनीहरुलाई काममा लगाउन अनुकुल र फुर्सद हुने समय कुर्नुपर्छ ।” काम गर्नका लागि दाङ, बर्दिया, कैलाली, रामेछाप, धादिङ, चितवनलगायतका ठाउँबाट मजदुर ल्याउने गरिएको छ ।

दक्ष कामदारले दैनिक एक हजार र अदक्षले रु ७०० का दरले ज्याला पाउँछन् । विदेशमा गएर जस्तोसुकै काम गर्न पनि तयार हुनेले नेपालमा काम गर्न नमान्ने प्रवृत्तिका कारण मजदुर अभावको समस्या देखिएको निर्माण व्यवसायी प्रदीप सापकोटाले बताउनुभयो ।

निर्माण व्यवसायी संघका अनुसार जिल्लामा यस वर्ष सञ्चालित आयोजनाका लागि करिब २० हजार मजदुर आवश्यक छ । विभिन्न जलविद्युत् आयोजना, बेनी–जोमसोम सडक, दाना र बिम सव स्टेशन, बेनी–दरवाङ सडक, बेनी बजार संरक्षण आयोजना, विभिन्न स्वास्थ्य संस्थाको भवन निर्माणलगायतका ठूला आयोजना कार्यान्वयनको चरणमा छन् ।

ती आयोजनामा भारतीय र तराईका मजदुर ल्याएर काम गराउने गरिएको छ । सडक डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर थानेश्वर खत्रीले जिल्लाका विकास आयोजनामा ढिलासुस्ती हुनुका मुख्य कारण दक्ष कामदार, प्राविधिक जनशक्ति र उपकरणको अभाव भएको बताउनुभयो ।

“निर्माण व्यवायीसँग पर्याप्त उपकरण, प्राविधिक जनशक्ति र स्थानीय स्तरमा दक्ष कामदार नहुँदा विकासको काम प्रभावित भएको छ” इञ्जिनियर खत्रीले भन्नुभयो । मजदुर अभावको समस्या समाधानका लागि युवायुवतीलाई आवश्यक तालीम र परामर्शको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group