ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्व सहकर्मीबीचको रोचक त्रिपक्षीय प्रतिस्पर्धा


admin
१८ मंसिर २०७४, सोमबार   ३ : १४   बजे

सर्लाही, १८ मंसिर । एक महिनाअघिसम्म एउटै पार्टीमा रही एउटै झण्डा बोकेर हिँड्ने तीन सहकर्मी अहिले छुट्टाछुट्टै पार्टीको झण्डा बोकेर चुनावी मैदानमा उत्रिएपछि सर्लाही क्षेत्र नं २ को निर्वाचन रोचक बनेको छ ।

सोही क्षेत्रबाट राष्ट्रिय जनता पार्टी(राजपा)का अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवसँगै राजपाको महामन्त्री पद परित्याग गर्दै नेपाली काँग्रेसबाट जंगीलाल राय र राजपाको जिल्ला अध्यक्ष परित्याग गर्दै नेकपा (माओवादी केन्द्र) बाट दिनेश राय यादव चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

राजपाका अध्यक्ष मण्डलका मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतो र महेन्द्रराय यादवको जिल्लामा राजापाका तीन पूर्व सहकर्मीबीच यो क्षेत्रमा भइरहेको प्रतिस्पर्धालाई धेरैले चासोपूर्वक हेरेका छन् ।

संघीय समाजवादी फोरम–राजपा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकोले फोरमको सहयोग महेन्द्रलाई र वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकोले नेकपा (एमाले)को सहयोग दिनेशलाई रहेको छ ।

स्थानीय तहको मतपरिणामको आधारमा यो क्षेत्रमा काँग्रेस र राजपाका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । ती दुईबीचको प्रतिस्पर्धाबाट आफूलाई फाइदा पुग्ने आकलन वाम गठबन्धनको छ ।

अन्य दलभन्दा यो क्षेत्रमा राजपा नै सबैभन्दा बलियो रहेपनि सो पार्टीकै उम्मेदवारले पार्टी छाडी अन्य पार्टीबाट उम्मेदवार बनेकाले कस्तो परिणाम आउने हो भन्नेमा दुविधा देखिन्छ ।

राजपाका उम्मेदवार महेन्द्रले काँग्रेसका उम्मेदवार जंगिलाल र (माओवादी केन्द्र)का उम्मेदवार दिनेश दुबैजनाले मधेसी जनतालाई धोका दिँदै मधेसी मुद्दा छोडेर गएकाले जनताले उनीहरुलाई निर्वाचनमार्फत दण्डित गर्ने बताउनुभयो ।
विकास, समृद्धि, सद्भाव, प्रजातन्त्र र मधेसको माग सम्बोधनका लागि काँग्रेसलाई मतदान गर्नुको विकल्प नरहेकाले आफ्नो जित सुनिश्चित रहेको उहाँको भनाइ छ ।

माओवादी केन्द्रका उम्मेदवार दिनेशले यो क्षेत्रको शिक्षा, स्वास्थ्य, विकासको लागि तथा विगतमा आफूले गरेको निस्वार्थ सेवाका कारण आफू जित्नेमा ढुक्क रहेको बताउनुभयो । राजपा छोड्नुको कारणबारे उहाँले भन्नुभयो, “विश्वमा कहीँ नभएको एउटै दलमा छ जना अध्यक्ष छन् । भारतमा राम र रहिम भनेर तथा इराकमा सुन्नी र सिया भनेर जनता भिडाए जस्तो नेपालमा पनि जातिका आधारमा नेपाली जनता भिडाउन खोजेकाले राजपा छोडँे ।”

विसं २०७० को संविधानसभा चुनावमा राजपाका उम्मेदवार महेन्द्रराय अहिलेकै निर्वाचन क्षेत्रबाट विजयी हुनुभएको थियो भने काँग्रेसका उम्मेदवार बन्नुभएका जगीलाल साविकको क्षत्र नं ५ बाट विजयी हुनुभएको थियो । निर्वाचन क्षेत्र निर्धारणका क्रममा दुबै सांसदको क्षेत्र अहिले एउटै क्षेत्रमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group