काठमाडौं, ६ साउन । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाउन भन्दै साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ।
बीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा संस्थापनइतर नेताहरूले पार्टी एकताको पहलमा संस्थापन पक्ष गम्भीर नदेखिएको आरोप लगाएका छन्। उनीहरूले पार्टीलाई एकताबद्ध बनाउने मुख्य जिम्मेवारी सभापति गगन थापाको भए पनि त्यसअनुसारको प्रयास नदेखिएको बताएका छन्।
कांग्रेस नेता प्रकाशमान सिंहले राष्ट्रिय भेलामार्फत आगामी राजनीतिक रणनीति तय गरिने जानकारी दिनुभयो। उहाँले विशेष महाधिवेशनको बहसले पार्टी विभाजनतर्फ धकेल्ने जोखिम रहेको उल्लेख गर्दै १५औँ महाधिवेशनलाई एकता र सहमतिका साथ सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो।
संस्थापनइतर पक्षले राष्ट्रिय भेलालाई पार्टीको भावी दिशा र आन्तरिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।







प्रतिक्रिया दिनुहोस्