काठमाडौं । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराले रसुवा बाढीपीडितको उद्धार, राहत तथा व्यवस्थापनका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरेको छ।
रेबान पोखराका महासचिव वीरेन्द्र शेरचनका अनुसार संस्थाले १२ लाख २७ हजार ७७६ रुपैयाँ राहत कोषमा सहयोग गरेको हो।
उक्त रकम प्रमुख जिल्ला अधिकारीमार्फत् हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो। महासचिव शेरचनले प्रमुख जिल्ला अधिकारीलाई भेटेरै सहयोग रकम हस्तान्तरण गरिएको बताउनुभयो।
भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा विभिन्न व्यक्ति, संस्था तथा व्यवसायिक क्षेत्रबाट सहयोग जुटिरहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्