ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगामी तीन दिन प्रमुख नदीमा बहाव बढ्ने, सतर्क रहन आग्रह


ABC NEWS
१७ भदौ २०८३, बुधबार   १० : ३५   बजे

काठमाडौं, भदौ १७ गते । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, महाकालीलगायतका प्रमुख नदी तथा तिनका सहायक नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ। महाशाखाका अनुसार भोटेकोसीमा आएको बाढीपछि अहिले भोटेकोसी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि जोखिम कायमै रहेकाले उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ। कोशी, नारायणी, कर्णाली, महाकालीलगायतका नदी तथा तिनका सहायक नदीमा समेत पानीको बहाव बढ्ने अनुमान गरिएको छ। बाढी पूर्वानुमान बुलेटिनमा बुधबार, बिहीबार र शुक्रबार अधिकांश नदीमा बहाव उल्लेख्य रूपमा बढ्ने जनाइएको छ। विशेषगरी त्रिशूली र वेत्रावतीलगायत केही नदीमा आज र भोलि उच्च जोखिम रहेको महाशाखाले जनाएको छ। साना नदी तथा खोलामा भने आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको छ। ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम, रोल्पा, सल्यान र सुर्खेतलगायतका जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम औँल्याइएको छ। महाशाखाले नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, जोखिमयुक्त क्षेत्रमा नजान तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। नदीको बहाव बढ्दा तटीय क्षेत्रमा डुबान तथा बाढीको जोखिम बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रेबान पोखराद्वारा प्रधानमन्त्री राहत कोषमा १२ लाख २७ हजार सहयोग

भोटेकोशी बाढी : चितवनमा भेटिएका ३४८ शवमध्ये ३३५ को व्यवस्थापन

सम्बन्धित

आज देशभर वर्षाको सम्भावना, काठमाडौँमा दिउँसोपछि पानी पर्ने

पञ्चकुण्ड तालमा जलवायु सङ्कटको संकेत, १२ वर्षमा क्षेत्रफल ८४६ प्रतिशतले बढेको दाबी

केरुङनजिक हिमनदी फुटेपछिको जोखिम कायमै, थप बाढी–पहिरोको चेतावनी

महाकालीमा पानीको बहाव यो वर्षकै उच्च, बनबासा पुलमा सवारी आवागमन प्रभावित

भोटेकोशी बाढी जलवायु परिवर्तनको असर : प्रधानमन्त्री शाह

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu