ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाकालीमा पानीको बहाव यो वर्षकै उच्च, बनबासा पुलमा सवारी आवागमन प्रभावित


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ४ : ३५   बजे

महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव यो वर्षकै उच्च विन्दुमा पुगेको छ। नदीमा पानीको बहाव बढेपछि भारतसँग जोडिएको बनबासा पुलमा सवारी आवागमनसमेत प्रभावित भएको छ।

मंगलबार बिहान महाकाली नदीमा पानीको बहाव एक लाख १२ हजार क्युसेक रहेकोमा बेलुकी ६ बजे बढेर एक लाख ८७ हजार २३२ क्युसेकपुगेको थियो। राति ९ बजे गरिएको मापनमा भने बहाव केही घटेर एक लाख ८१ हजार क्युसेक कायम भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए।

‘बेलुकी ६ बजे जलस्तर बढेर एक लाख ८७ हजार २३२ क्युसेक पुगेको थियो। अहिले एक लाख ८१ हजारमा झरेको छ,’ उनले भने।

पानीको बहाव अत्यधिक बढेपछि मंगलबार दिनभर बनबासा पुलमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालन हुन सकेनन्।

महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेकभन्दा माथि पुगेपछि भारतीय पक्षले बनबासा पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउने गरेको छ। करिब एक सय वर्ष पुरानो पुल जीर्ण अवस्थामा रहेकाले वर्षायाममा नदीको बहाव बढ्दा जोखिम हुने भन्दै भारतीय पक्षले ठूला सवारीसाधनमा रोक लगाउँदै आएको हो।

महाकाली नदीको जलस्तर सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला, बैतडी र डडेल्धुराका साथै भारतको उत्तराखण्डको माथिल्लो क्षेत्रमा हुने वर्षासँग प्रत्यक्ष रूपमा प्रभावित हुने गर्छ।

पछिल्लो समय ती क्षेत्रमा वर्षा भइरहेकाले महाकालीमा पानीको बहाव बढेको हो। नदीको जलस्तर थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै सीमावर्ती क्षेत्रका बासिन्दा तथा यात्रुलाई सतर्क रहन आग्रह गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ६८ पुग्यो, ४ हजार ६०६ अझै बेपत्ता

महाकालीमा पानीको बहाव यो वर्षकै उच्च, बनबासा पुलमा सवारी आवागमन प्रभावित

सम्बन्धित

भोटेकोशी बाढी जलवायु परिवर्तनको असर : प्रधानमन्त्री शाह

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

बिहान उद्धार, दिउँसो सावधानी : रसुवा–नुवाकोटमा मौसमविद्को सुझाव

मेलम्ची–घ्याङमा १२ घण्टामै ९४ मिलिमिटर वर्षा

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिममा सतर्कता

जलवायु विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्छ : प्रधानमन्त्री शाह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu