काठमाडौं । पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको मेलम्ची–घ्याङमा सबैभन्दा धेरै ९४ मिलिमिटर वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ६ः२० बजे जारी गरेको विवरणअनुसार पछिल्लो १२ घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ।
त्यस्तै, देशका अन्य प्रदेशका विभिन्न स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।
पछिल्ला दिनमा निरन्तर वर्षा भइरहेको तथा भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, सिन्धुपाल्चोकलगायत क्षेत्रमा थप वर्षाको जोखिम रहेकाले नदी आसपास, पहिरो प्रभावित क्षेत्र तथा कमजोर भूभागमा विशेष सतर्कता अपनाउन आवश्यक देखिएको छ।
मौसमको पछिल्लो अवस्थासहित वर्षाको विस्तृत विवरण महाशाखाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। थप विवरण तलको फोटोमा हेर्न सकिन्छ।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्