ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सावधानी नअपनाइएका देशमा कोरोनाको सङ्क्रमण थप खराब हुन सक्छ – विश्व स्वास्थ्य संगठन


एबीसी न्यूज
३० असार २०७७, मंगलबार   ८ : ४८   बजे

काठमाडौं, ३० असार । कोरोना भाइरस विरुद्ध निर्णायक काम गर्न नसके अवस्था थप खराब हुने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।

संगठनका निर्देशक डाक्टर टेड्रोज अद्हानोम गेब्रिसियसले विभिन्न देश गलत दिशामा अघि बढिरहेको भन्दै कोरोना भाइरस विरुद्ध निर्णायक काम गर्न नसके अवस्था थप खराब हुने चेतावनी दिनुभएको हो । उहाँले नेताहरुका मिश्रित सन्देशले विभिन्न देशका नागरिक अलमलमा परेका पनि दावी गर्नुभयो ।

कोरोना भाइरस शत्रुका रुपमा भए पनि विभिन्न देशका सरकार र सर्वसाधारणले गरेको हेलचेक्राईंले यो नदेखाएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । यस्तै सावधानी नअपनाइएका देशमा कोरोनाको सङ्क्रमण बढिरहेको पनि गेब्रिसियसको भनाई छ ।

कोरोना फैलिन नदिन व्यक्तिगत दूरी, हात धोइरहनु र मास्क लगाउनु अनिवार्य भए पनि धेरै देशका सरकार र नागरिकले यसलाई बेवास्ता गरेको उनले  बताए । अमेरिकी देशहरु अझै पनि कोरोना सङ्क्रमणको केन्द्रमा रहेको पनि गेब्रिसियसले बताए  ।

तर केही नेताहरुले उल्टै विश्व स्वास्थ्य संगठनलाई कोरोना भाइरसको संक्रमण रोक्न नसकेको भनेर आरोप लगाउने गरेको गेहब्रेयससले बताए । यसो भन्दै गर्दा उनले कसैको नाम त लिएनन् तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति संकेत गरेको अनुमान कतिपयले गरेका छन् ।

डोनाल्ड ट्रम्पले डब्ल्यूएचओको कडा आलोचना गर्दै आएका छन् । डब्ल्यूएचओसँग सम्बन्ध तोडेको घोषणा गर्दै ट्रम्पले आर्थिक सहायतासमेत कटौती गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group