ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी कामकाजको बेथिति बढ्दै : मन्त्री तथा मन्त्रालयले नै कानुन विपरित खर्च गर्दै (भिडियोसहित)


एबीसी न्यूज
३ श्रावण २०७७, शनिबार   ९ : ००   बजे

काठमाडौं, ३ असार ।  संघ सरकारदेखि स्थानीय सरकारसम्म आर्थिक अनुशासनमा कमि हुँदै गइरहेको छ । सरकारी रकम गैरकानुनी रुपमा खर्च हुने क्रम बढेको छ । यसले सरकारले भन्ने गरेको सुशासनको अभियानमा नै बाधा सिर्जना गरेको छ । कर्मचारी प्रशासनले प्रभावकारी काम गर्न नसक्नु र राजनीतिक दबाबका कारण आर्थिक अनियमितता बढ्दै गइरहेको पाइएको छ ।

अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि आर्थिक वर्षको अन्त्यमा बिकास निर्माणका कामहरु धमाधम भएको देखियो । कति सडकहरु बन्दाबन्दै बाढीले बगायो । कतिपय पुल पुलेसो बन्दाबन्दै भाच्चिए । आर्थिक वर्षभरी चुप लागेर बस्ने अनि आर्थिक वर्ष सकिन लागेपछि काम गरेजस्तो गरेर बजेट खर्च गर्ने पुरानै रोग यसपाली पनि बल्झिएको छ । सरकारले सुशासनको बाटोमा हिंड्ने प्रतिबद्धता बारम्बार दोहोर्याउँदै आएको छ । बिकास र समृद्धिको बाटोमा सरकारका गति अघि बढेको भने पनि माथिल्लो तहदेखि तल्लो निकायसम्म कहीँ कतै पनि सरकारले राखेको लक्ष्य अनुरुपको काम भएको छैन । आज पनि आर्थिक अनियमितता, भ्रष्टाचार उत्तिकै छ । प्रशासनिक काममा ढिलासुस्तीको त कुरै छाडौं । सरकार संघीय अभ्यासमा गएपनि विकास निर्माणका काम संघीय संरचना अनुरुप हुन सकेका छैनन् । कतिपय कामहरु कुन सरकारले स्वामित्व लिने भन्नेमै स्पष्ट नभएर विवाद छ ।

संघीय सरकारका ठुला मन्त्रालयमै ठुला ठुला बेरुजु रकम छन् । यसले सरकारको प्रतिबद्धता र कामप्रति प्रश्न चिन्ह खडा गरेको छ । उदाहरणको रुपमा बुधबार महालेखा परिक्षकले राष्ट्रपतिलाई बुझाएको प्रतिवेदनलाई पनि लिन सकिन्छ । महालेखा परिक्षकको ५७ औँ प्रतिवेदनले आर्थिक वर्ष २०७५\०७६ को कुल बेरुजुमध्ये ९७ प्रतिशत बेरुजु मुख्य दश मन्त्रालयकै भएको देखाएको छ । आर्थिक वर्ष २०७५/०७६ मा मात्रै १ खर्ब ३२ अर्ब ९९ करोड ५९ लाख रुपैयाँ बेरुजु देखिएको छ । मुख्य मुख्य मन्त्रालयहरुमा नै बेरुजु बढी छ । अर्थ मन्त्रालयको १९ अर्ब ६ करोड ६८ लाख रुपैयाँ बेरुजु छ ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १४ अर्ब रुपैयाँ, रक्षा मन्त्रालयको ९ अर्ब रुपैँया, प्रधानमन्त्री कार्यालयको ४ अर्ब रुपैयाँ, खानेपानी मन्त्रालयको ४ अर्ब २८ करोड रुपैयाँ, सहरी बिकास मन्त्रालयको ३ अर्ब ३४ करोड रुपैयाँ, शिक्षा मन्त्रालयको २ अर्ब ९५ करोड रुपैयाँ लगायतका मन्त्रालयमा पनि बेरुजु रहेको छ । यसबाट सरकारको काम गर्ने क्षमतामाथि पनि प्रश्न उठ्नु स्वाभाविक छ । सरकारी कामकाज हेर्दा जनताले सुशासनको अनुभुति गर्न नपाएको पूर्व निमित्त महालेखा परिक्षक सुकदेव खत्री बताउनुहुन्छ ।

यो एउटा उदाहरण भयो । सरकारी कामकाजको बेथिति बढ्दै गइरहेको छ । ठुला मन्त्री तथा मन्त्रालयले नै विभिन्न शिर्षकमा कानुन विपरित रकम रकमान्तर गरेर खर्च गरिरहेका छन् । संघ सरकारदेखि स्थानिय तह सम्मका जनप्रतिनिधीले अनावश्यक खर्च गरिरहेका छन् । यसकारण सरकारी कोष मितव्ययी, सुरक्षित र प्रभावकारी हुन सकेको छैन । यसको कारण कर्मचारी संयन्त्रले प्रभावकारी काम गर्न नसकेको र राजनीतिक हस्तक्षेप पनि हो ।

स्थानिय तहका नेतृत्वकर्तामा वित्तिय आचरणबारे जानकारी नहुनु र उपभोक्ता समिति मार्फत नै करोडौ रकम खर्च गर्न दिनुले आर्थिक अपचलन बढेको सुशासनबारेका विज्ञ प्राध्यापक चन्द्रलाल पाण्डे बताउनुहुन्छ । स्थानिय तहमा कर्मचारी र प्रतिनिधी विच सहकार्य नुहनु, ई–गभरमेन्स नहुनु लगायतले पनि आर्थिक अनियमितता हुन सघाउ पुगेको उहाँको भनाई छ ।

सुशासन कायम गर्नको निम्ति जवाफदेहिता, पारदर्शिता, प्रभावकारीता, कानुनी राज्य र सहभागिता लगायतका कुराहरु आवश्यक हुने हुनाले विकास निर्माणका काममा जनताको सहभागिता नभएका कारण खर्च पारदर्शि हुन नसकेको प्राध्यापक पाण्डेको भनाई छ । स्थानिय सहभागितालाई जोड दिनुपर्ने उहाँले बताउनुभयो । देशको निम्ति काम गरिरहेकाहरुको नैतिक आचरण पनि राम्रो हुनुपर्ने उहाँको भनाई छ ।

सरकारले सुशासनको रटान जति लगाइरहे पनि तल्लो तहसम्मका हरेक निकायमा आर्थिक अनुशासन कायम हुन सकेको छैन । यसको निम्ति प्रभावकारी कदम चाल्नुपर्छ भने निरन्तर अनुगमन पनि गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group