ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन जान्छ बाढी पहिरो ? कसरी नियन्त्रण र साबधानी अपनाउन सकिन्छ (भिडियोसहित)


एबीसी न्यूज
५ श्रावण २०७७, सोमबार   ५ : ०४   बजे

काठमाडौं, ५ साउन ।  बाढी,पहिरो र डूवान नेपालको कुनै एक ठाँउकोमात्र समस्या होईन,पूर्व मेची देखि पश्चिम महाकाली सम्म वा नेपाल हिन्दुकुस पर्वत शृंखलाको मध्य भागमा भएको कारण पनि बाढी पहिरो बढी जाने विज्ञहरु बताउछन् । यस वर्ष पनि साउन ५ गते सम्म सिन्धुपाल्चोक, म्याग्दी, बाग्लुङ, बझाङ, जाजरकोट, संखुवासभा लगायत मुलकुभर भएको बाढी र पहिरोको विपदले १ १८ जनाको ज्यान गए पनि प्रभावकारी उद्धार र राहत एवं पुनस्र्थापन हुन सकेको छैन् ।

अहिले पनि पहाड होस या तराई आकाश हेरेर रात काट्न मानिस बाध्य छन भने पिडितले अहिले सम्म समुचित राहात पाउन सकेका छैनन् । हरेक बर्ष मन्सुनमा दाहोरिइरहने यो उपक्रमबारे विज्ञहरुले गम्भीरतापूर्वक अध्ययन अनुसन्धान गर्न सुझाएका छन् । किन जन—धनको क्षती हुन्छ र बाढी पहिरो किन बढी जान्छ भन्ने विषयमा चाहि गहन अध्ययन हुन जरुरी रहेकको भूगर्वविद् डाकटर कृष्ण देबकोटा बताउनु हुन्छ । डाक्टर देवकोटाका आुसार बाढी,पहिरो र डूवान बढ्नुको मुख्य कारण तीनै तहका सरकारहरुले गर्ने विकास, ग्रामिण सडकमा डोजर आतंक नै प्रमुख कारण रहेको उहाँको कथन छ । नेताहरुले दिर्धकालीन सोच नबनाई जनतालाई भोट फकाउनमात्र गरिएको विकास निमार्णले विनास निम्त्याएको पनि जानकारी दिनु भयो ।

पहिरो विज्ञहरुको अनुसार नेपाली पहाडहरु कमजोर रहेका छन् । नेपालको पहाडी भूभाग हिन्दुकुस हिम शृंखलाको मध्य भागमा रहेको कारण पनि पहाड कमजोर रहेको विज्ञहरुको तर्क छ । विभिन्न अध्ययनले पनि चुरे पहाडहरु पनि पहाड बन्ने प्रकृयामा नै छ । यिनै कमजोर पहाडमा हाम्रो बस्ती भएको कारण र जमिनको वैज्ञानिक उपयोग कम भएको कारण पनि पहिरो जाने विज्ञहरुको दावी छ ।

भूगर्भविद् डाक्टर देबकोटाले सरकारले भौर्गभिक अध्ययन गर्नु पर्ने र मुलुकभर नै भू—उपयोग नीति ल्याउनु पर्ने बताउनु भयो । विकास निर्माणको काम गर्दा खोला, नदिनाला र पहाडको भित्रि संरचनालाई असर नपर्ने गरि गर्नुपर्ने उहाँको भनाइ छ ।

त्यसो त पहिरोजस्ता प्राकृतिक प्रकोपबाट बच्न स्वयं नागरिक पनि बढी चनाखो हुनुपर्छ । सरकार र सरकारी सम्यन्त्रले जारी गरेको सुचना र जल तथा मौषम पूर्वानुमान महाशाखाले जारी गरेको मौषम पूर्वानुमान हेर्ने सुन्ने र आफु जोखिम युक्त ठाउँ छु भन्ने लाग्यो भने केहि दिनका लागि सुरक्षीत स्थानमा सर्नु पर्दछ ।

भूगर्वविद् डाक्टर देबकोटा चाहिं नागरिकभन्दा बढी सरकार जिम्मेवार बन्नु पर्ने तर्क गर्नुहुन्छ । उहाँले सरकारले जोखिम न्यूनिकरण गर्न काम गरेको भए पनि प्रभावकारी र दिर्घकालीन योजना सहित काम नभएको दावी गर्नु भयो । जलश्रोत,उर्जा तथा सिचाई मन्त्रालय बाढी र पहिरो नियन्त्रण गर्ने सवालमा मोटो रकम खर्च गरेको छ । तर, उच्च, मध्यम र न्यून जोखिम भनेर बर्गिकरण नगरि अर्थात पर्याप्त अध्ययन नगरिे रकम खर्च गरेको कारण प्रतिफल कमजोर भएको देवकोटाको तर्क छ ।

डाक्टर कृष्ण देवकोटाका अनुसार नेपालमा पछिल्लो समय वाढी नियन्त्रण र पूर्वसूचनाका क्षेत्रमा केहि राम्रो उपलब्धि हात लागेको छ तर पहिरोको विषय कठिन भएर नै होला अध्ययन भएको छैन । तर सरकारले अध्ययन गरेर त्यसअनुरुप काम गर्ने हो भने पहिरोमा हुने मानवीय र भौतिक क्षती कम गर्न सकिने उहाँको भनाई छ । सबैखाले विपदको हल खोज्न सर्बप्रथम स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्नुपर्ने र बैज्ञानीक भू—उपयोग नीति आवश्यक भएको विज्ञहरुको भनाइ छ ।

नेपालमा मन्सुन सुरुहुन साथ पहिरो जाने र साना—ठूला खोल्सा,खोला र ठूला नदिहरुमा पानिको बहाव बढेसंगै जमिन कटानी सुरु हुन्छ र ठूलो प्राकृतिक विपद सिर्जना हुन्छ । अझै पनि हिजोका घटनाबाट पाठ सिकेर जोखिमपूर्ण वस्ती समयमै स्थानान्तर गर्ने हो भने अहिलेका प्रकारका विपदबाट हुने मानवीय एवं भौतिक क्षति उल्लेख्य रुपमा कम गर्न सकिन्छ भन्नेमा सरकार गम्भीर हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group