ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई वर्ष पाँच जना अनुसन्धान अधिकृत फेरबदल, नतिजा शून्य


एबीसी न्यूज
११ श्रावण २०७७, आइतबार   २ : ३४   बजे


महेन्द्रनगर, ११ साउन  । कञ्चनपुरको भीमदत्तनगरपालिका– उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बताइएको दुई वर्ष बितिसक्दा पनि प्रहरी अपराधी नजिक पुग्न सकेको छैन । दुई वर्षअघि साउन १० गते साथीको घरमा स्कूलको गृहकार्य गर्न आएकी बालिका पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थियो ।

घटनापछि मुलुभर दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन आन्दोलन हुनुका साथै उक्त मुद्दा अन्तर्राष्ट्रियस्तरमा पनि चर्चाको विषय बने पनि पछिल्लो समय प्रहरी अनुसन्धान सुस्ताएको देखिन्छ । यसअघि प्रहरी प्रमुख रहिसक्नुभएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र त्यसपछिका प्रमुख ठाकुरप्रसाद ज्ञवालीले घटनास्थलसमम्म पुगेर चासोका साथै अनुसन्धानमा जोडबल गरे पनि अपराधी भने पत्ता लगाउन सकेनन् । सरकारले उच्चस्तरीय छानबिन समितिका साथै राष्ट्रिय मानवअधिकार आयोग र प्रहरीले विभिन्न छुट्टाछुट्टै छानबिन समिति गठन गरेर पनि घटनाको सुक्ष्म अनुसन्धान गरेको थियो ।

विभिन्न समितिका प्रतिवेदनले घटनाबारे थप आशङ्का व्यक्त गर्नुका साथै प्रमाण मेटिएकाले हत्यारा पत्ता लगाउन कठिन हुनेसमेत बताए । तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातको टोलीले कञ्चनपुर पुगेर घटनाबारे अनुसन्धान गर्दै जिल्ला प्रहरी कार्यालयको घटनाप्रतिको लापरवाही र प्रमाण सङ्कलनमा चुकेको भन्दै तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित सात जना निलम्बल गरेको थियो । हाल प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्ट बर्खास्तीमा छन् भने तत्कालीन प्रहरी अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी नायब उपरीक्षक अङ्गुर जिसीसहित अन्य पाँच प्रहरी कर्मचारीको टोली निलम्बनमा छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले हरेक आयामबाट अनुसन्धान जारी रहेको बताउनुभयो । “विभिन्न तह र कोणबाट निर्मला प्रकरणको अनुसन्धान चलिरहेकै छ”, उहाँले भन्नुभयो, “प्रहरीले दोषी पत्ता लगाएर छाड्छ ।” घटनापछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सरुवा भएर आउने हरेक प्रहरी नायब उपरीक्षकलाई उक्त घटनाको अनुसन्धान अधिकृत तोकेर अनुसन्धान हुँदै आएको छ ।

निर्मलाका परिवारका सदस्यले भने न्याय पाउने आशा हराउँदै गएको प्रतिक्रिया दिएका छन् । “हामीमाथि पीडामाथि पीडा थपियो, अब न्याय पाउने आश पनि हराउँदै गएको छ ।” निर्मलाकी आमा दुर्गादेवी पन्तले भन्नुभयो, “अनुसन्धानमा प्रहरी प्रशासन डटेर लागे पनि अपराधी पक्राउ गर्न सकेनन् ।”

उहाँले पछिल्लो समय भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीप विष्टका गतिविधि र कुराबाट आफूलाई शङ्का लागेर विष्टमाथि किटानी जाहेरी दिएको बताउनुभयो । “सत्यतथ्य पत्ता लगाएर दोषीलाई कानूनी दायरामा ल्याउने काम प्रहरीको हो”, पन्तले भन्नुभयो, “अनुसन्धानको उपलब्धि राज्य संयन्त्रलाई थाहा होला ।”

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले घटनाबारे प्रहरी हालसम्म कुनै निचोडमा नपुगेको जानकारी दिनुभयो । “निर्मला घटनालाई हामीले पहिलो प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेका छाँै”, उहाँले भन्नुभयो, “हामी निष्कर्षमा पुग्ने गरी सुक्ष्मरूपले अनुसन्धानमा जुटेका छौँ ।” पछिल्लो समय सुदूरपश्चिम प्रहरी नेतृत्वले पनि निर्मला प्रकरणलाई प्राथमिकतामा साथ अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

घटना भएको एक महिनापछि विसं २०७५ भदौ ४ मा जिल्ला प्रहरी कार्यालयले भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीप विष्टलाई सार्वजनिक गरेको थियो । अभियुक्त भनिएका विष्ट मानसिक रोगी भएको र प्रहरीले फसाउन खोजेको भन्दै यहाँ आन्दोलनले उग्ररुप लिएको थियो । पछि विष्ट सरकारी वकिलको कार्यालयबाट रिहा भएका थिए ।

निर्मला प्रकरणको आन्दोलनकै क्रममा भीमदत्त नगरपालिका–१८ सालघारीका १४ वर्षीय शनी खुनाको निधन भएको भने अझै केही युवक शारिरीकरूपले नै अशक्त छन् । भदौ ८ गते सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा डिआइजीहरु र उच्च तहका सरकारी अधिकारी सम्मिलित छानबिन समितिले स्थलगत अध्ययनपछि मन्त्रालयमा बुझाएको प्रतिवेदन अझै कार्यान्वयन भएको छैन ।

मैनाली समितिबाहेक निर्मला प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकार सङ्गठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डिआइजी धिरु बस्न्यातको नेतृत्वमा पनि छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट उक्त घटनाको अनुसन्धान अधिकृत रहने प्रहरी नायब उपरीक्षक भने छोटो समयमै धेरै परिर्वतन हुने क्रम देखिएको छ । शुरुआतमा घटनाको अनुसन्धान अधिकृतमा जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक (हाल निलम्बित) एकिन्द्र खड्का खटिएका थिए । प्रकरणको दुई वर्षमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट पाँच जना अनुसन्धान अधिकृत फेरबदल भइसकेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group