ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा अन्त्य भएको तुलसीको सपना


एबीसी न्यूज
१४ श्रावण २०७७, बुधबार   २ : ३३   बजे


काठमाडौं, १४ साउन ।  उमेरले ३९ वर्ष, पोखराको बोर्डिङ स्कूलमा पढाउँदा–पढाउँदै डिभी प¥यो बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेराकी तुलसी थापालाई । शुरुमा त उनलाई डिभी प¥यो भनेर पत्यार लागेन तर डिभी परेको सत्य थियो । साथीको लहडमा डिभी भर्नुभएकी थापा डिभी परेको यथार्थ भएपछि खुशी र उत्साहले फुरुङ्ग बन्नुभयो ।

त्यसबखत तुलसीका ६६ वर्षीया आमा हरिकला थापालाई गाउँ, छिमेकी र आफन्तले भनेका थिए, “ओहो १ तिमी र तिम्री छोरी त कति भाग्यमानी रहेछौँ । छोरी अब अमेरिका जाने भइछिन् ।” डाइभर्सिटी भिसा (डिभी) को सबै प्रक्रिया पूरा गरेर २०७५ कात्तिक १५ गते तुलसी अमेरिका उड्नुभयो ।

अमेरिकाको टेक्सास शहरमा आफन्तको सहयोगमा काम पनि मिल्यो । दिन राम्रै चल्दै थियो । तुलसीको व्यक्तिगत र पारिवारिक जीवनमा खुशी नै खुशी झुल्दै थियो । तुलसी अमेरिका पुगेपछि नै हो–बूढेसकाल लागेकी आमाले स्मार्ट फोन देखेको । तुलसीले नै आमासँग भिडियो कल गर्नुपर्छ भनेर स्मार्ट फोन पठाइदिनुभएको छ । अझ घरमा इन्टरनेट जोड्ने पनि भन्नुभएको थियो । सबै खालको प्रयास गर्दा पनि गाउँमा सजिलै इन्टरनेट जोड्न नसकेपछि तुलसीले अमेरिकाबाट दिदीलाई भन्नुभयो, “आमालाई डाटा लिएर भिडियो कल गर्न सिकाइ दिनु ।”

दुई दिदीबहिनी र एक दाजुमध्येकी कान्छी छोरी हुन् तुलसी । अमेरिकाबाट पछिल्लो पटक मङ्सिरमा महिनामा पैसा पठाउँदा तुलसीले दिदीसँग भन्नुभएको थियो, “आमालाई सुनका बाला बनाई दिनु ।” अमेरिका पुगेपछि तुलसीले पटक–पटक दोहोराइ रहनुहुन्थ्यो, “बाबा बितिहाल्नुभयो, आमालाई अमेरिका ल्याएर घुमाउने रहर छ ।”

तुलसीको आमालाई अमेरिका घुमाउने रहर मात्र होइन, जीवनका सारा सपना अमेरिका पुगेको १४ महिनामै टुटेको छ । विसं २०७६ पुस १० गते बिहान बाथरुममा नुहाउँदा नुहाउँदै बेहोस भएकी तुलसीको अस्पताल पु¥याउँदापु¥याउँदै मृत्यु भयो । तुलसीको मृत्यु भएको आठ महिना बिते पनि आमा हरिकला थापाको आँखा भने अझै ओभाएका छैनन् ।

छोरीले अमेरिकाबाट रु ७०/८० हजार पठाउँदा खुशीले फुरुङ्ग हुने तुलसीका आमा छोरीको नामले राहतस्वरुप रु १० लाख पठाउँदा पनि अनुहारमा कुनै उत्साहको रङ्ग देखिएन । बरु भाव शून्य भएर एकहोरो आँखाबाट अश्रुधारा बगिरह्यो । अमेरिका पुगेको छोटो समयमै सामाजिक अभियानमा पनि सक्रिय थापा नेपाल मगर सङ्घ टेक्सास कमिटीको सदस्य भएर काम गरिरहनुभएको थियो । थापाको निधनपछि अमेरिकामै रहेको नेपाल मगर सङ्घ अमेरिकाले राहत सङ्कलन अभियान चलाएर सङ्कलित रु १० लाख ५८ हजार ७६४ को चेक तुलसीका आमा हरिकलालाई बागलुङ बजारमा एक कार्यक्रमका बीच हस्तान्तरण गरियो ।

हातमा रु १० लाखको चेक पर्दासमेत आमा हरिकलाका आँशु र बहिनीको माया र सम्झनाका सामु रु १० बराबर पनि नभएको तुलसीकी दिदी मनकुमारी बताउनुहुन्छ । “पैसा सबै कुरा होइन रहेछ”, उहाँले भन्नुभयो, “बहिनीको मृत्युपछि हाम्रो दुःख पीडालाई कम गराउन मगर सङ्घ अमेरिकासँगै विभिन्न सङ्घसंस्थाले धेरै सहयोग गर्नुभएको छ, हातमा पैसाका बिटा भए पनि त्यसमाथि बहिनीका आँशुका बाछिटा छन् जस्तो लाग्छ ।”

विदेश गएपछि पैसाका लागि अनवरत काम गर्नुपर्ने विवशता भए पनि आफ्नो जीवन र स्वास्थ्यको पनि विशेष ख्याल गर्न बिर्सन नहुने तुलसीका आफन्त तथा स्थानीय तारा थापाले बताउनुभयो । “पैसा मात्र केही होइन रहेछ, मुख्यतः जीवन नै हो, बाध्यताले जहाँ जहाँ जानु परे पनि स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्दछ भन्ने पाठ यो घटनाले पनि दिएको छ”, थापाले भन्नुभयो, “अहिले विदेशमा भएका सबैजसो व्यस्त छन्, तर आफू र आफ्नो जीवन बिर्सिरहेका छन् । यो हाम्रा लागि निकै महँगो सावित हुनसक्छ, जतिसक्दो ख्याल गरौँ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu