ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल युएईसँग ७ विकेटले पराजित


sharan sharan
२० मंसिर २०७४, बुधबार   ७ : ५३   बजे

काठमाडौं,२० मंसिर । आइसिसी विश्व क्रिक्रेट लिग च्याम्पियनसिपमा युएईसँगको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको छ ।

नेपालले दिएको २ सय २२ रनको लक्ष्य घरेलु टोली युएईले ४५ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । युएईको जितमा घुलाम सबीरले नटआउट ८१, रोहन मुस्ताफाले ६२ र रमित शाहजदले ३७ रनको योगदान दिए । नेपालका शरद भेषावाकर र सन्दीप लामिछानेले एक एक विकेट लिए ।
युएईको आवुधावीमा यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो । नेपालका लागि शरद भेषवाकरले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ८१ रनको योगदान दिए । तेश्रो नम्बरमा व्याटिङ गर्न आएका शरदले अन्तिमसम्म ९५ बलको सामाना गर्दै ५ चौका समेत प्रहार गरे । यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ६ चौका प्रहार गर्दै ५४ रन बनाए । ओपनर दिलिपनाथ १६ रनमा आउट भए पनि शरद र ज्ञानेन्द्रले दोश्रो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।
ज्ञानेन्द्र आउट भएपछि क्रिजमा आएका कुनै पनि व्याट्सम्यानले शरदलाई भरपर्दोसँग साथ दिन सकेनन् । कप्तान पारस खड्का २०, आरिफ शेख शुन्य, विनोद भण्डारी ४ रनमै पेभेलिएन फर्केपछि नेपालको इनिङ धराशयी भएको थियो ।
तर सातौँ नम्बरमा व्याटिङ गर्न आएका सोमपाल कामीले भने १९ बलमा ३ चौकासहित २० रन बनाए । उनी आउट हुँदा नेपालको स्कोर १ सय ८१ रन थियो । सोमपाल आउट भएपछि क्रिजमा आएका बसन्त रेग्मीले अविजित १४ रन बनाएपछि नेपालले २ सय २१ रनको मध्यम योगफल तयार पारेको थियो । अर्को इण्डबाट शरद भेषावाकर संयमित भएर क्रिजमा टिकिरहेपछि नेपालले मध्यम स्तरको लक्ष्य युएईलाई दिएको थियो ।
तर व्याटिङमा जस्तै बलिङमा पनि नेपाल आज कमजोर देखियो । पार्ट टाइम बलर बनेका शरद भेषवाकरले एक विकेट हात पार्दा सन्दीप लामिछानेले अर्को विकेट लिए । तिब्र गतिका बलर सोमपाल कामी, ललित राजबंशी र स्पीनर शक्ति गौचन तथा बसन्त रेग्मीले कुनै पनि विकेट लिन सकेनन् । नेपाललाई आजको खेल हारे पनि कुनै असर परेको छैन ।
नेपाल र युएईबिच शुक्रबार दोश्रो खेल हुने छ । च्याम्पियनसिपको शीर्ष ४ टीममा पर्ने सम्भावना सकिएका दुवै टोली डिभिजन टूमा झरिसकेका छन् । दुवै टीमले यो खेललाई डिभिजन टूको तयारीका लागि महत्वपूर्ण हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group