ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिवादमा पुर्णबिराम : अध्यक्षद्वयको प्रस्ताव पारित गर्दै सकियो नेकपा स्थायी कमिटी बैठक


एबीसी न्यूज
२६ भदौ २०७७, शुक्रबार   ४ : ५५   बजे

काठमाडौं, २६ भदौ  । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले प्रस्तुत गर्नुभएको प्रस्ताव पारित गर्दै सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले बिवाद समाधान कार्यदलको सुझावअनुसार अध्यक्षद्वय ओली र प्रचण्डले तयार पार्नुभएको प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गर्दै सकिएको हो ।

गत असार १० गते सुरु भएको नेकपाको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको थियो । पछिल्लो पटक साउन १३ गते तय गरिएको बैठक स्थगित भएपछि आज पहिलो पटक बसेको हो ।

यसबीचमा पार्टीभित्रको बिवाद समाधानका लागि अध्यक्षद्वय ओली र प्रचण्डले महासचिव बिष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय विवाद समाधान कार्यदल गठन गर्नुभएको थियो ।

साउन ३० गते गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य हुनुहुन्थ्यो । कार्यदलले प्रतिवेदन बुझाएपछि बिहीवार मात्रै अध्यक्षद्वय ओली र प्रचण्डले स्थायी कमिटी बैठकका लागि साझा प्रस्तावलाई अन्तिम रुप दिनुभएको थियो । सो प्रस्तावलाई आज बसेको बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो ।

अध्यक्षद्वयको प्रतिवेदन पारित भएसँगै दुई अध्यक्षको कार्यबिभाजन भएको छ भने अव नेतादेखि साधरण सदस्यसम्म कडा अनुशासनमा बाँधिनुर्पे भएको छ । अव सामाजिक सञ्जालमा आफ्नो आक्रोश जथाभावी पोख्न पाइने छैन ।

नेकपामा अहिलेसम्म सामाजिक सञ्जालमार्फत पार्टी नेताबिरुद्ध जथाभावी कुण्ठा पोख्ने क्रम हुँदै आएको थियो । चर्को बिवादबीच असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक झण्डै पार्टी नै बिभाजन हुने तहमा पुगेपछि कार्यदलहुँदै अध्यक्षद्वयको प्रतिवेदन तयार भएपछि सहमतिमा पुगेर मिलेको हो । यो बैठकसँगै नेकपामा देखिएको बिवादमा पुर्णबिराम लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu