ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वराजा वीरेन्द्र चढ्ने जहाज सडकमा गुडेपछि……


एबीसी न्यूज
२८ भदौ २०७७, आइतबार   ८ : ०५   बजे

काठमाडौं, २८ भदौ । शनिबार बेलुकी काठमाडौंको सडकमा अनौठो दृश्य देखियो । आकाशमा उड्ने र विमानस्थलमा पार्किङ गरिने जहाज सडकमा गुडेको देख्दा एकछिन त सबै अचम्ममा परे । पूर्व राजा वीरेन्द्र चढ्ने सेनाको जहाजलाई विमानस्थलबाट नारायणहिटीसम्म पुर्याएर राख्नको लागि जहाज सडकमा गुडाइएको हो । त्रिभुवन विमानस्थलमा लामो समयसम्म राखिएको जहाजलाई अब नारायणहिटी सङ्ग्रहालयमा राखिएको छ।

राति ८ बजे त्रिभुवन विमानस्थलबाट गुडाउन सुरु गरिएको जहाज तीनकुने, माइतीघर, भद्रकाली, विद्युत् प्राधिकरण हुँदै राति ११ बजे नारायणहिटी पुर्याइएको थियो । जहाजलाई सेनाको सानो गाडी र क्रेनको सहायताले गुडाइएको थियो ।

यो जहाजमा तत्कालीन शाही नेपाली सेनाको यो जहाजमा पूर्व राजा वीरेन्द्र र राज परिवारका अरु सदस्य चढ्ने गर्थे । जहाज लामो समयदेखि त्रिभुवन विमानस्थलमा राखिएको थियो ।

विमानस्थलबाट नारायणहिटीसम्म लैजाने विमानको पखेटा निकालिएको छ । तर, विमानस्थलबाट तीनकुनेतर्फ आउने बाटामा रहेको रेलिङमा पछाडिको भाग ठोक्किएपछि सो क्षेत्रमा नेपाली सेना र ट्राफिक प्रहरीलाई सास्ती भएको छ ।

मानिसहरु पनि दंग परेर सो विमान हेर्ने भिड लागेका थिए । यो विमान यसकारण ऐतिहासिक हो कि तत्कालिन राजा विरेन्द्रले आफ्ना भ्रमणहरुमा प्रयोग गर्ने गरेका थिए । यो विमान वि. सं. २०३१ सालमा नेपाल ल्याइएको थियो ।
त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख देवेन्द्र केसीका अनुसार सो विमान विमानस्थलबाट संग्राहलयमा लैजान सेनालाई अनुमति दिइएको थियो ।

गत वर्ष नै रक्षा मन्त्रालयले पूर्वराजाहरुले प्रयोग गरेका विमान र हेलिकोप्टर नारायणहिटी संग्राहलयमा राख्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार नै यसअघि नै राजा वीरेन्द्रले प्रयोग गरेका हेलीकोप्टोर संग्राहलयमा लगिसकिएको छ । यो एभ्रो विमानलाई संग्राहलयभित्रको ‘बदाम चौर’मा राखेर आवश्यक तयारीपछि सर्वसाधारणका लागि हेर्न यो खुल्ला गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

सम्बन्धित

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group