ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तेस्रो चरणको निर्वाचनमा तयारी जुट्यो राजपा


admin
२३ असार २०७४, शुक्रबार   ६ : २५   बजे

काठमाडौं २३ असार । राष्ट्रिय जनता पार्टी, नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ ।
राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुले शुक्रबार अपरान्ह कान्तिपथस्थित आयोगको कार्यालय पुगी दल दर्ताका लागि निवेदन दिएका हुन ।
बैशाख ७ गते ६ वटा मधेश केन्द्रित दलहरु आवद्ध भई नया दल बनेको राष्ट्रिय जनता पार्टी, नेपालले दल दर्ताको प्रक्रिया अघि बढाएको हो । पार्टीको विधान र घोषणा पत्रसहित दल दर्ताका लागि प्रक्रिया अघि बढाइएको पार्टीका नेता महन्त ठाकुरले जानकारी दिनु भयो ।
राष्ट्रिय जनता पार्टी, नेपालले निर्वाचन आयोगमा दल दर्ता गरेपनि यथास्थितिमा निर्वाचनमा भने भाग लिन नसकिने स्पष्ट पारेको छ । नेता ठाकुरले यथास्थितिमा निर्वाचनमा भने प्रवेश गर्ने अवस्था नरहेको अडान राख्नु भयो । राष्ट्रिय जनता पार्टी, नेपालले आफूहरुको माग बमोजिम संविधान संशोधन नभई निर्वाचनमा भाग लिन नसकिने अडान राख्दै आएको छ ।
राष्ट्रिय जनता पार्टी, नेपालले दल दर्ताका लागि केही दिन अघि नै तयारी गरेको थियो । तर, विधानको प्रस्तावनामा नै गजेन्द्रनारायण सिंहको नाम राख्नुपर्ने अडान पार्टी नेता अनिल झाले राखेपछि दल दर्ताको काममा ढिलाई हुन गएको हो ।
निर्वाचन आयोगले निवेदन स्विकृत गरेपछि राष्ट्रिय जनता पार्टी, नेपाल निर्वाचन आयोगमा औपचारिक रुपमा दर्ता हुनेछ । दल दर्ताका लागि राजनीतिक दलहरुले पार्टीको विधान र घोषणा पत्रसहितको निवेदन निर्वाचन आयोगमा दिनुपर्ने कानुनी व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu