ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रेडिङबाट उठेको भुसाल ग्रुपले किन्यो विशाल सिमेन्ट


एबीसी न्यूज
११ आश्विन २०७७, आइतबार   १ : ०५   बजे

काठमाडौं, ११ असोज । ट्रेडिङबाट व्यवसाय सुरु गरेको भुसाल ग्रुपले झण्डै अर्ब रुपैयाँमा विशाल सिमेन्ट खरिद गरेको छ। ग्रुपका अध्यक्ष बालकृष्ण भुसालले सिमेन्ट उद्योग खरिदसँगै अब आफूहरु उत्पादनमूलक उद्योगतर्फ पनि लगानी विस्तारमा लागेको बताए। भुसाल ग्रुपले तीन वर्षअघि नै केबल तथा तार उद्योग सञ्चालनमा ल्याइसकेको छ। ठूलै लगानी खर्चेर ओपीसी र पीपीसी दुवै प्रकारको सिमेन्ट उत्पादन गर्ने उद्योग किनेपछि ग्रुपले उत्पादनमूलक उद्योगमा राम्रै पकड जमाउने लक्ष्य राखेको छ।‘उक्त सिमेन्टको खरिद प्रक्रियाको सबै काम सकिएको भएपनि उद्योग नामसारी गर्न मात्रै बाँकी छ रहेको छ ।

सन् २०१० मा स्थापना भएको विशाल सिमेन्टले सन् २०१२ देखि उत्पादन सुरु गरेको हो। यस उद्योगको रुपन्देहीको मियानिहियास्थित फ्याक्ट्रीमा अहिले प्रतिदिन ८ सय टन सिमेन्ट उत्पादन हुने कम्पनीले जनाएको छ। यस उद्योगको चुनढुंगा खानीचाहिँ कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको छ।

नेपालमा चिनियाँ लगानीको होङ्सी सिमेन्टले उत्पादन सुरु गरेपछि अहिले सिमेन्टको मूल्य घटिरहेको छ। मागभन्दा बढी उत्पादन भइरहेकोले अहिले मूल्यमा गिरावट आइरहेको छ। त्यसको अलावा चिनियाँ लगानीकै अर्को हुवासिन सिमेन्ट उद्योग समेत निर्माणाधीन अवस्थामा छ। यसै बीचमा भुसाल ग्रुपले विशाल सिमेन्ट खरिद गरेर लोकल मार्केटलाई नै चलायमान राख्ने योजना बनाएको भुसाल ग्रुपले जनाएको छ। तर पछिल्लो समय सिमेन्टको खपत बढाउनु आफैँमा चुनौति रहेको रहेको छ । यस्तो अवस्थामा सरकारले आगामी दिनमा लिने नीतिप्रति आशावादी रहेको अध्यक्ष भुसालले बताए। सरकारले छिटो बिग्रिने खालका सडकहरुलाई ढलान गर्ने नीति लियो भने नेपालमा जति सिमेन्ट उत्पादन भए पनि ५ वर्षलाई मार्केटको खोजी नै गर्नु नपर्ने उनी बताउछन् ।

कसरी जन्मियो भुसाल ग्रुप ?

अर्घाखाँचीबाट बुटवल आएका भुसालले राइस मिलबाट व्यवसाय सुरु गरेका हुन्। राइस मिलबाट सुरु भएको उनको व्यवसाय ट्रेडिङ कम्पनीहरुमा विस्तार हुँदै जाँदा भुसाल ग्रुप जन्मिएको थियो। यही ग्रुप अहिले विस्तारै उत्पादनमूलक उद्योगतिर लागेको हो। यो ग्रुपका अध्यक्ष समेत रहेको भुसालले ग्रुपको लगानी तथा व्यवसाय विस्तार गर्ने क्रममा अटो क्षेत्र, हेभी इक्विपमेन्ट, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीलगायतका व्यवसायमा हात हालेका छन्। त्यसको साथै होटल क्षेत्रमा पनि उनले राम्रो लगानी गरेका छन्। मेगा होटलको चेन नै विस्तार गरिरहेका छन्। त्यस्तै वित्तीय क्षेत्रतर्फ मेगा बैंक र साइन रेसुङ्गा बैंकमा पनि यो ग्रुपको लगानी छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu