ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ को प्रदेश सभा बैठक स्थगित : भोली दिउँसो १२ बजे बस्ने


एबीसी न्यूज
१९ आश्विन २०७७, सोमबार   ४ : ४७   बजे

काठमाडौं, १९ असोज ।  प्रदेश ५ को प्रदेश सभा बैठक स्थगित भएको छ । नेपाली कांग्रेसलगायत दलका सांसदले प्रदेश सभा बैठकमा विरोध जारी राखेपछि बैठक मङ्गलबार २० गते दिउँसो १२ बजेसम्मका लागि स्थगित भएको हो ।

प्रदेश ५ सरकारले प्रदेश सभामा पेस गरेको नाम र स्थायी राजधानीको विषयमा विरोधकै बीच सभामुखले छलफलअघि बढाउनुभएको थियो ।छलफल चल्दै गर्दा विरोध नरोकिएपछि सोमबारको बैठक स्थगित भएको हो । तोडफोड र नाराबाजीकै बीच सभामुख पूर्णबहादुर घर्तीले छलफल अघि बढाउनुभएको थियो । १ बजे सुरु भएको बैठकमा सांसदहरुले विरोध जनाएपछि स्थगित भएको थियो ।

बैठक स्थगित गरेर सहमति जुटाउने प्रयास भए पनि सहमतिका लागि सांसदहरु तयार नभएपछि दुई घण्टापछि फेरि बैठक बसेको थियो । बैठकमा कानुन तथा आन्तरिक मामिलामन्त्री कुलबहादुर केसीले प्रदेश राजधानी र नामको प्रस्ताव छलफलका लागि पेस गर्ने क्रममा कांग्रेस सांसदहरूले नाराबाजीसहित कुर्सी र टेबुल तोडफोड गरेका थिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदहरु प्रदेश राजधानी दाङको भालुवाङमा राख्ने पक्षमा रहेका छन् भने नेपाली कांग्रेसलगायत केही दलका सांसदहरु त्यसको विरोधमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group