ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घरज्वाइँ बसेका रामबहादुरले गरे ५ वर्षे सालोको निर्मम करणीपछि हत्या


एबीसी न्यूज
२० आश्विन २०७७, मंगलबार   ९ : ३०   बजे

काठमाडौं, २० असोज । घरज्वाइँ बसेका रामबहादुर सदा बिहीबार दिउँसो १२ बजे बल्छी बोकेर माछा मार्न ससुराली घरबाट निस्के । बाटोमै काका ससुराका ५ वर्षीय छोरा (सालो) रूपेश सदा भेटिएपछि उनले सालोलाई माछा मार्न लगेर गए ।

लगातारको वर्षाले गाउँबाट ८ सय मिटर परको कृषि इँटा उद्योग परिसरको खाल्डोमा पानी जमेको थियो । रूपेशलाई डिलमा राखेर उनी खाल्डोको पानीमा बल्छी थाप्न थाले । गरै (सानो माछा) ४–५ वटा झिकेपछि रूपेशलाई समाउन दिए । रूपेशले ‘यो माछा घर लान्छु’ भन्दै जिद्दी गर्न थाले ।
जब २२ वर्षीय रामबहादुरले रूपेशलाई माछा दिँदै एउटा प्रस्ताव राखे । उनको प्रस्ताव सुनेर अबोधले कुनै प्रतिक्रिया जनाएनन् ।

अचानक रामबहादुरले च्याप्प समाएर खेतमा उतानो पारेर पछारे । रूपेशको अनुहार खेतको आलीमा धस्रियो । जबर्जस्ती गर्न खोज्दा उनको मलद्वार च्यातियो । बेहोस भए । निर्ममतापूर्वक करणी गरेपछि रामबहादुरले नाडी छामे । कुनै संकेत नपाएपछि रूपेशले नै लगाएको कन्दनी फुकाले, त्यसैले घाँटी कसेर हत्या गरेको प्रहरीको प्रहरीको अनुसन्धानबाट खुलेको छ । अप्राकृतिक मैथुनको यो घटना धनुषाको धनुषाधाम नगरपालिका–७ किसानपुरमा भएको हो ।

प्रहरीका अनुसार सालोलाई जबर्जस्ती करणीपछि हत्या गरेर पातपतिंगरले छोपेर रामबहादुर ससुराली घर फर्किए । दिउँसै खेल्न हिँडेका रूपेश साँझ अबेरसम्म नफर्किएपछि घरमा हल्लीखल्ली मच्चियो । छोरा खोज्दै हिँडेका रामेश्वर सदासँगै रामबहादुर पनि निस्किए । खोजी टोलीमा गाउँले पनि मिसिए । मध्यरातसम्म खोज्दा पनि रूपेश भेटिएनन् ।

बिहान फेरि खोज्ने भन्दै गाउँलेहरू आ–आफ्नो घर फर्किए । तर रामबहादुर निदाउन सकेनन् । रातभर छटपटिइरहे । बिहानै ३ बजे उनी पुनः घटनास्थल पुगे । उनी त्यहाँबाट शव गायब पार्ने प्रयासमा थिए । तर, एक जना गाउँलेले हलचल भइरहेको चाल पाएपछि ‘को हो’ भन्दै नजिकै गए । रामबहादुर झाडीमा लुके । शौच गर्न आएको होला भन्ठानेर गाउँले फर्किए ।

शुक्रबार बिहानैदेखि गाउँले फेरि रूपेशको खोजीमा जुटे । रामबहादुर पनि टोलीमा मिसिए । माछा मार्न पुगेका दुई बालकले बिहान ११ बजेतिर रूपेशको शव फेला पारे । शंका लागेपछि रामबहादुरलाई गाउँलेले नियन्त्रणमा राखे र प्रहरीलाई खबर गरेका थिए ।

रूपेशको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ । उनको मलद्वार सुन्निएको र च्यातिएको छ । घाँटीमा गहिरो डाम छ । पक्राउ परेका रामबहादुरको अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थपेर हिरासतमा राखिएको छ । धनुषाकै सबैला नगरपालिका–७ भठिहनका रामबहादुरले दुई वर्षअघि धनुषाधाम–७ किसानपुरमा विवाह गरेका थिए । बिहे भएको अर्को वर्ष उनी मजदुरीका लागि भारतको मद्रास पुगेका थिए । ६ महिनामै फर्किए । त्यसयता ससुरालीमा बसेका थिए । उनकी श्रीमती ७ महिनाकी गर्भवती छिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group