ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्लिन फिड नीति लागु गर्ने निणर्यको नेपाल मिडिया सोसाइटीबाट स्वागत


एबीसी न्यूज
२९ आश्विन २०७७, बिहिबार   ६ : ०१   बजे

काठमाडौं, २९ असोज । सरकारले कार्तिक सात गतेदेखि लागु गर्ने थालेको क्लिन फिड नीतिको नेपाल मिडिया सोसाइटीले स्वागत गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले क्लिन फिड नीति लागु गर्ने निणर्यको मिडिया सोसाइटीले एक प्रेस विज्ञप्ती जारी गर्दै निर्देशनको स्वागत गरेको हो ।

नेपाल मिडिया सोसाइटी, सामुदायिक रेडियो प्रशारक संघ(एक्युराव) र ब्रोडकास्टिग एशोशियशन अफ नेपाल(बान) ले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको असोज २८ गते प्रकाशित क्लिन फिड नीति लागू गर्ने सम्बन्धमा जारी भएको प्रेस विज्ञप्ती तथा निर्देशनको स्वागत गरेको जनाएको हो ।

विगतमा पनि सरकारको तदारुकतामा विज्ञापन सम्वन्धी व्यवस्था गर्न बनेको विधेयकमा ‘क्लिन फिड’ नीति लागू गर्ने स्पष्ट कानुनी व्यवस्था गरेकोमा स्वागत गरिएको स्मरण गर्दै विज्ञप्तीमा स्वदेशी उत्पादन र उद्योगलाई समेत यो नीतिले सहयोग र विस्तारका लागि प्रवर्धन गर्ने जनाईएको छ । क्लिनफिडले परनिर्भरतालाई कम गर्न सघाउ पुग्ने जनाईएको छ । त्यसैगरी ऐनको कार्यान्वयनका लागि विज्ञापन बोर्ड गठन अत्यावश्यक भएकाले सरोकारवाला सँस्थाहरुसँगको परामर्श लिएर, तथा विज्ञापन विधेयकमा रहेका अस्पष्टतालाई विज्ञापन नियमावलीबाट स्पष्ट गर्नुपर्ने आवश्यकता रहेको औँल्याईएको छ ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालको अन्तिम मन्त्रिपरिषद्को बैठक २०७३/४/७ मा नेपालमा वितरण भइरहेका विदेशी टीभी च्यानलमा क्लिन फिड लागू गर्ने नीति पारित गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu