ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना संक्रमणबाट देशभर एकैदिन २६ जनाको मृत्यु


एबीसी न्यूज
३० आश्विन २०७७, शुक्रबार   १० : ०५   बजे

काठमाडौँ, ३० असोज । कोरोना संक्रमणबाट बिहीबार देशभर २६ जनाको मृत्यु पुष्टि भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै ७ जनाको मृत्यु भएको छ ।

सुनसरीको धरान–७ की ६३ वर्षीया महिला, धरान–१५ का ६१ वर्षीय पुरुष, धरान–९ की ४४ वर्षीया महिला र ५८ वर्षीय पुरुष, इटहरी–२० की ७५ वर्षीया महिला, तेह्रथुमका ३१ वर्षीय पुरुष र तेह्रथुमकै दाङपा–१ का ४९ वर्षीय पुरुषको प्रतिष्ठानमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिनुभयो ।

धरान–१५ का ६६ वर्षीय पुरुष र मोरङको विराटनगर–४ का ५० वर्षीय पुरुषको बुधबार राति कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । यस्तै, विराट नर्सिङ होममा सुन्दरहरैंचा–५ की ४० वर्षीया महिलाको पनि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत सिरहाको लहान–६ का ५५ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ । ज्वरो र श्वासप्रश्वास समस्या भएर असोज २५ गते अस्पताल भर्ना भएका उनलाई भोलिपल्ट कोरोना पुष्टि भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताउनुभयो ।

बुधबार बिहान स्वाब दिएपछि साँझ घरमै मृत्यु भएका मकवानपुरको हेटौंडा–९ का ७७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । हेटौंडा–९ कै ६८ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको वडाध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले बताउनुभयो ।

एक महिनादेखि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचाररत काभ्रेको बनेपा–१३ का ५० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा। नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । मधुमेहको समेत समस्या भएका उनी भदौ २७ गतेदेखि उपचाररत थिए । मिर्गौलासम्बन्धी समस्या भएका बनेपाका ७७ वर्षीय पुरुषको पनि बुधबार राति मृत्यु भएको छ ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा बेड अभाव भई दाङको बेलझुन्डी अस्पताल लैजाँदै गर्दा अर्घाखाँचीको भूमिकास्थान–९ ढिकुराका ७३ वर्षीय पुरुषको बिहीबार बिहान बाटोमै मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताउनुभयो  । यस्तै, कोरोना विशेष अस्पताल रूपन्देहीको बुटवल–७ की ७० वर्षीया वृद्धाको बिहीबार बिहान मृत्यु भएको छ । उच्च ज्वरो, श्वासप्रश्वास र निमोनियामा समस्या भएकी उनको भेन्टिलेटरमा उपचार गरिएको थियो ।

रूपन्देहीकै कञ्चन–१ का ५५ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ । उच्च रक्तचाप, मिर्गौला र मुटुसम्बन्धी समस्या भएका उनी कोरोना पुष्टि भएको भोलिपल्ट बुधबार अस्पताल भर्ना भएका थिए ।

कपिलवस्तुको बुद्धभूमि–१ का ४० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको छ । उनलाई नगरपालिकाको आइसोलेसन सेन्टरबाट थप उपचारका लागि बुधबार राति भैरहवास्थित भीम अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । यस्तै, काठमाडौंमा ४ जना, भक्तपुरमा २ र ललितपुरमा १ जनाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group