ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनसरी र रूपन्देहीमा तीन संक्रमितको मृत्यु


एबीसी न्यूज
४ कार्तिक २०७७, मंगलबार   ९ : १४   बजे

काठमाडौं, ४ कात्तिक । सुनसरी र रूपन्देहीमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई संक्रमितको मृत्यु भएको छ ।प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको सोमबार मृत्यु भएको अस्पतालका सहप्रवक्ता डा।आशिष श्रेष्ठले जानकारी दिनुभयो । सुनसरीको धरान–१८ का ७२ वर्षीय पुरुष र धरान–१७ का ६८ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार अपराह्न मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

७२ वर्षीय पुरुषमा असोज २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने ६८ वर्षीय पुरुषमा असोज २८ गते कोरोना पुष्टि भएको श्रेष्ठले बताउनुभयो।

यस्तै रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा पनि थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल–११ की ४४ वर्षीया महिलाको आज बिहान ५ बजेर १० मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले बताउनुभयो ।

सोमबार लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गराइएको रिपोर्ट पोजेटिभ आएपछि उनको भेन्टिलेरमा राखेर उपचार गरिएको थियो । ती महिलामा सुगरको पनि समस्या थियो ।

योसँगै कोरोना विशेष अस्पताल बुटवलमा कोरोनाले मृत्यु हुनेको संख्या ३५ पुगेको डा.गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group