ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको एकीकृत अस्तित्वमा गम्भीर समस्या : महासचिव पौडेल


ABC NEWS
१६ कार्तिक २०७७, आइतबार   ३ : २०   बजे

काठमाडौं १६ कात्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले पार्टी एकतामा गम्भीर संकट उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। लामो समयदेखि चल्दै र सेलाउँदै आएको नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला महासचिव पौडेलले पार्टीको एकीकृत र अविभाज्य अस्तित्वकासामू गम्भीर संकट उत्पन्न भएको धारणा सार्वजनिक गरेका हुन्।

यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा(को एकीकृत र अविभाज्य अस्तित्वकासामू गम्भीर संकट उत्पन्न भएको छ। आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरू समक्ष अनुरोध गर्दछु पौडेलले ट्वीटरमा उल्लेख गरेका छन्।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकताका सुत्रधार मानिएका पौडेल पछिल्लो समय एकता बचाउनका लागि निरन्तर सक्रिय भूमिका खेलिरहेका छन्। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा लामो समय मतभेद रहँदा पौडेलले नै सम्पर्क सुत्रका रूपमा काम गर्दै संवादको वातावरण सिर्जना गर्दै आइरहेका छन्।


पछिल्लो समय राजदूत नियुक्ति र कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध आएको अविश्वास प्रस्तावपछि अध्यक्षद्वयबीच उत्पन्न मतभेदमा उनले सक्रिय भूमिका खेलिरहेका छन्। करीब डेढ सातासम्म अध्यक्षद्वयबीच भेट नहुँदा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँगै पौडेलले पनि खुमलटार पुगेर दाहालसँग भेट गरेका थिए। त्यसपछि शनिबार दाहाल ओलीलाई भेट्न खुमलटार पुगेका थिए।
पटक(पटक पार्टी एकतामा नै संकट आउने गरी विवाद हुँदा तुलनात्मक रूपमा कमै सार्वजनिक अभिव्यक्ति दिने पौडेलले व्यक्त गरेको चिन्ताले नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेको संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

सम्बन्धित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu